Khabar Dabali २१ जेष्ठ २०८३ बिहीबार | 4th June, 2026 Thu
Investment bank

विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति थप प्रतिबद्ध बन्न राष्ट्रपतिको सुझाव

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ ।’

विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाइने गरिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक तथा सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएको उल्लेख गरेका छन् ।

जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि समाजका सबै तह/वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएको बताएका छन् । दिवसले विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पुनः स्मरण गराएको उनको भनाइ छ ।

‘जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदको विरुद्ध दृढतापूर्वक उभिँदै लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई अझ बढी संवेदनशील हुन हार्दिक आह्वान गर्दछु,’ सन्देशमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पामा पिकअप दुर्घटना : तीन जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना...

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन् । पोख...

हङकङमा मिनिबस, डबलडेकर बस र ट्रक ठोक्किँदा २३ जना घाइते

हङकङ । हङकङको न्यू टेरिटोरिज क्षेत्रमा बिहीबार बिहान मिनिबस, डबलडेकर बस र ट्रक एकापसमा ठोक्किँदा २३ जना घाइते भएका छन्। स्थानीय समयअनुसार बिहान करि...

सांसद र मन्त्रीको सम्पत्ति छानबिन नहुने व्यवस्था भ्रष्टाचारलाई प्रोत्साहन : सापकोटा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्व इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले सांसद र मन्त्रीको सम्पत्ति छा...

१०४ सांसदलाई ४ अर्ब ३२ करोड बजेट बाँड्ने तयारीमा बागमती सरकार

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशसभा सदस्यहरूका लागि ४ अर्बभन्दा बढी बजेट विनियोजन गर्ने तयारी गरेको छ। प्रदेश सरकार स्रोतका अनुसार १०४ जना प्रद...

जग्गा खाली नगर्ने संस्थालाई बल प्रयोग गरेर हटाइने त्रिविको चेतावनी

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा अतिक्रमण गरी बसेका संघसंस्था तथा संगठनलाई बल प्रयोग गरेर हटाउने चेतावनी दिएको छ। त्रिविको सामान्य ...

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

बाँके । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषज...

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्...

विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति थप प्रतिबद्ध बन्न राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज ...

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ । आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तरराष्ट्रिय दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि मनाउन प्रारम्भ भएको यो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending