Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

खबरडबली संवाददाता

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६ अंकले बढेर २७८० अंकमा पुगेको छ।

दिनभर बजारमा सामान्य उतारचढाव देखिएको थियो। १४९ कम्पनीको सेयर मूल्य बढ्दा ११६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन ५ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ।

यस दिन निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उक्त समूहको सूचक ३।३७ प्रतिशतले बढ्दै वैशाख २ यताकै उच्च बिन्दुमा पुगेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत तेस्रो पक्षको बीमांक रकम दोब्बर वृद्धि गरी १० लाख रुपैयाँ पुर्‍याइएकाले निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षासँगै लगानीकर्ताको रुचि बढेको विश्लेषण गरिएको छ।

अन्य समूहहरूमध्ये जीवन बीमा १.७३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.४५ प्रतिशत, होटल तथा पर्यटन ०.१८ प्रतिशत तथा विकास बैंक समूह ०.६६ प्रतिशतले बढेका छन्।

यता, अन्य समूह २.३६ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावटमा रह्यो। साथै व्यापार, लगानी, जलविद्युत्, फाइनान्स र बैंकिङ समूहमा पनि सामान्य गिरावट देखिएको छ।

व्यक्तिगत कम्पनीतर्फ कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यसपछि एसबीएल डिबेन्चर (२०८४), विजय लघुवित्त, सयपत्री हाइड्रोपावर र नेपाल इन्स्योरेन्सको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

गिरावटतर्फ नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको छ। सेन्ट्रल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स तथा त्रिशूली जलविद्युत्का सेयरमा पनि गिरावट आएको छ।

बुधबार सर्वाधिक कारोबार भएका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, नेपाल पुनर्बीमा, रिडी पावर, नेपाल इन्स्योरेन्स तथा नेसनल हाइड्रोपावर रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

पार्टी नेतृत्व नछोड्ने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...

सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न राष्ट्रियसभा सदस्यहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...

नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार: मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending