Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

रौतहटका ७७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेनन्

खबरडबली संवाददाता

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिससमेत नलिएको खुलेको छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लामा कुल १४२ जना उम्मेदवारमध्ये ६५ जनाले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न सिफारिस लिएका छन् भने बाँकी ७७ जनाले हालसम्म खाता खोल्ने प्रक्रिया अघि बढाएका छैनन्।

निर्वाचन सम्पन्न हुन पाँच दिन बाँकी रहँदासम्म पनि धेरै उम्मेदवारले खाता सञ्चालनका लागि प्रक्रिया अघि नबढाउनु उपयुक्त नभएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए। उनका अनुसार निर्वाचन खर्च पारदर्शी बनाउन अनिवार्य गरिएको बैंक खाता खोल्ने प्रक्रियामा अपेक्षाकृत कम उम्मेदवार सक्रिय देखिएका छन्।

कार्यालयको अभिलेखअनुसार क्षेत्र नं। १ मा दलगत १२ र स्वतन्त्र १२ गरी २४ जनाले सिफारिस लिएका छन्। क्षेत्र नं। २ मा दलगत नौ र स्वतन्त्र छ गरी १५ जनाले सिफारिस लिएका छन्। त्यसैगरी क्षेत्र नं। ३ मा दलगत १० र स्वतन्त्र एक गरी ११ जनाले सिफारिस लिएका छन् भने क्षेत्र नं। ४ मा दलगत १३ र स्वतन्त्र दुई गरी १५ जनाले मात्र सिफारिस लिएका छन्।

निर्वाचन आयोगको निर्देशिकाअनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण आय–व्यय बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने व्यवस्था छ। निर्वाचन नजिकिँदै जाँदा पनि ७७ उम्मेदवारले खाता नखोलेकाले खर्च व्यवस्थापन तथा प्रतिवेदन प्रक्रियामा समस्या आउन सक्ने भन्दै कार्यालय प्रमुख दासले समयमै प्रक्रिया पूरा गर्न सम्बन्धित उम्मेदवारलाई आग्रह गरेको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending