दाङ। नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीतिक चलखेलको संज्ञा दिएको छन्।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्नुहुँदै उक्त सामग्री केवल सञ्चार सामग्री मात्र नभइ भूराजनीतिक चलखेल भएको उल्लेख गरेको छन् । चुनावको मुखमा सार्वजनिक गरिएको डकुमेन्ट्रीको अनेक कारण भएको बताउँदै उनले त्यसलाई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भनेको छन् ।
नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य भएको उनको ठम्याइ छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो, पोखरेलले भनेको छन् ।
नेपालजस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै प्रयास अस्वीकार्य हुने बताएको छन् । पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको बताएको छन् । सूचना स्वतन्त्र हुनुपर्ने भए पनि त्यसको समय, सन्दर्भ र उद्देश्य पारदर्शी हुनुपर्ने उनको धारणा छ।
“हामीले बुझ्नुपर्छ, लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ । नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो । सूचना स्वतन्त्र हुनुपर्छ, तर समय, सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ । भूराजनीतिक दबाब र प्रोपगान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ, सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ” उनले भनेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १५ गते, २०८२ - १२:१०
काठमाडौँ । बालेन शाह ले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् । ...
फाल्गुन १५ गते, २०८२ - ११:५८
काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूको एकाघरका परिवार सदस्यहरूको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचनस...
फाल्गुन १५ गते, २०८२ - ११:४३
काठमाडौँ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घट...
फाल्गुन १५ गते, २०८२ - ११:३२
हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा दुई जन...
फाल्गुन १५ गते, २०८२ - १०:२५
हिले। धनकुटाको पाख्रिवासमा भू–सूचना प्रणालीमार्फत जिल्लाका स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।...
फाल्गुन १५ गते, २०८२ - १०:१५
दाङ। नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसी डकुमेन्ट्रीलाई भूराजनीति...
फाल्गुन १५ गते, २०८२ - १०:०४
रौतहट । ४४ औँ मगर दिवसको अवसरमा फागुन १५ गते रौतहटको चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चन्द्रपुर नगरपालिकाको नगर प्रमुख स्तरि...
फाल्गुन १५ गते, २०८२ - ०९:५७
हेटौँडा। फागु पूर्णिमा (होली) पर्वका अवसरमा भीडभाड हुने कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी...
फाल्गुन १४ गते, २०८२ - १७:०६
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...



प्रतिकृया लेख्नुहोस्: