हिले। धनकुटाको पाख्रिवासमा भू–सूचना प्रणालीमार्फत जिल्लाका स्थानीय तहबाटै जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । भूमि प्रशासनलाई प्रविधिमैत्री बनाउँदै स्थानीय तहबाटै सेवा प्रवाह प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभाग, काठमाडौँको आयोजनामा तथा धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र पाख्रिवास नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कुमार इङनामले भूमि प्रशासनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन सरकारले सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको बताउनुभयो । स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा प्रवाह प्रभावकारी बनाउन भू–सूचना प्रणाली महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।
मन्त्री इङनामले सम्बन्धित निकायहरूमा संस्थागत सुधार र सुशासन सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्दै सुधार प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके सकारात्मक सन्देश जाने तथा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको यस अभिमुखीकरण कार्यक्रमपछि पाख्रिवास नगरपालिकाबाटै मालपोतसम्बन्धी सेवा सञ्चालन हुने पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले बताए।
स्थानीय तहलाई मालपोतसम्बन्धी समन्वय तथा सहजीकरण मालपोत कार्यालय धनकुटाले गर्ने कार्यालय प्रमुख कमलबहादुर थापाले जानकारी दिए।
सहभागीहरूले प्रणाली कार्यान्वयनका क्रममा आवश्यक अन्तरनिकाय समन्वय, प्राविधिक सहयोग तथा जनचेतना अभिवृद्धिमा जोड दिएका छन् । कार्यक्रमले स्थानीय तहमा भूमि प्रशासनलाई थप व्यवस्थित र डिजिटल प्रणालीमा रूपान्तरण गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...



प्रतिकृया लेख्नुहोस्: