Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

ट्रक र बस ठोक्किँदा १४ जना घाइते

खबरडबली संवाददाता

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना मध्यम र १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१५ नम्बरको चामल लोड गरिएको ट्रक र काठमाडौँबाट झापा आउँदै गरेको प्र.१–०१–००१ ख ४७६८ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सवारी दुर्घटनामा बस चालक झापा शिवसतासी नगरपालिका–११ नहरचोक बस्ने ३५ वर्षीय खगेन्द्र काफ्ले, बसका सह चालक मोरङ हरिचामर नगरपालिका–४ संगमचोक बस्ने ४५ वर्षीय धर्के धिमाल, काभ्रे चौरीदेउराली गाउँपालिका–२ मगरटोल बस्ने ७९ वर्षीय फौदाबहादुर मगर, तेह्रथुम आठराई नगरपालिका–४ बस्ने २१ वर्षीय किउमा बिष्ट, मोरङ कानेपोखरी गाउँपालिका–१ भण्डारी टोल बस्ने ४२ वर्षीय निलम खड्का घाइते भएको छन्।

त्यस्तै, दुर्घटनामा बसमा सवार झापा मेचीनगर नगरपालिका–१२ पाथिभरा चोक बस्ने ६० वर्षीय नीतिरमन गौतम, सुनसरी दोहबी नगरपालिका–३ माझीटोल बस्ने २३ वर्षीय शालिकराम खड्का, रौतहट भरतवाह नगरपालिका–६ बसन्तपट्टि बस्ने ५० वर्षीय राजपुकार शाह, सोही स्थानका ६१ वर्षीय देवी बिष्ट, झापा बिर्तामोड नगरपालिका–५ देवीबस्ती बस्ने ६६ वर्षीय टुकसान सुब्बा, सोही स्थान बस्ने ६३ वर्षीय रमा थापा, झापा बुद्धशान्ति नगरपालिका–३ डाँडागाउँ बस्ने १७ वर्षीय मेजिक योङहाङ, सोही स्थान बुद्धशान्ति नगरपालिका–४ नयाँबस्ती बस्ने ४८ वर्षीय बिन्दु गौतम र देश भारत सिक्किम बस्ने वर्ष ४२ वर्षीय मम्म क्षेत्री घाइते भएको हो ।

घाइतेहरुको खुट्टा, नाक, कान, घाँटी, आँखा, टाउको, निधार सहित शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए। घाइतेहरुको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। 

दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट सडक छेउमा सारिएको प्रहरीले जनाएको छ । ट्रक चालक हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डी बस्ने २३ वर्षीय समुद्रप्रसाद पौडेल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

फुङलिङ। ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङ...

युट्युब र फेसबुकको भ्रममा नपरौं, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरौं: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र केन्द्रित नहुन निर्देशन दिएका छन्। निर्वाचन न...

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य हुँदैन : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताएको छन् । शुक्रबार झापाको दमकमा अनेरास्वविय...

मतदानमा दुई लाख २१ हजार कर्मचारी खटाइने

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् । ७७ जिल्ल...

आज रातिबाट मदिरा बिक्री गर्न नपाईने

लेखनाथ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी कास्कीमा शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसा...

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएको छन् । ...

निर्वाचनका लागि कालीकोटमा सात सय ६० कर्मचारी खटिए

कालीकोट। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लाभरि सात सय ६० कर्मचारी खटिने भएका छन् । जिल्लाका एक सय ३ मतदान स्थल र एक ...

राष्ट्रिय मगर दिवसमा बालेन शाहको शुभकामना, मगर समुदायको योगदानको प्रशंसा

काठमाडौँ । बालेन शाह ले न्यायमूलक तथा समतामूलक समाज निर्माणमा मगर समुदायले निर्वाह गरेको भूमिका ऐतिहासिक रूपमा अतुलनीय र सम्मानजनक रहेको बताएका छन् । ...

परिवारसहित उम्मेदवारको बैंक खाता आयोगको निगरानीमा निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार तथा उनीहरूको एकाघरका परिवार सदस्यहरूको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचनस...

बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE