काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबार आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल ले हस्ताक्षरित अपिलमा जनता ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। पार्टीले आफ्नो मुख्य नाराका रूपमा “व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौँ” सार्वजनिक गरेको छ।
मुख्य चुनावी मुद्दा
सुशासन र पारदर्शिता: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन र भ्रष्ट सम्पत्ति राष्ट्रियकरण।
आर्थिक रूपान्तरण: आयातमा आधारित अर्थतन्त्र घटाउँदै कृषि, उद्योग, जलस्रोत र पर्यटनमा रोजगारी सिर्जना, दलाल पुँजीवाद र कालोबजार नियन्त्रण।
सामाजिक समावेशीकरण: छुवाछुत, छाउपडी, बोक्सी प्रथा, जातीय र लैंगिक विभेदको अन्त्य।
संविधान र लोकतन्त्र: संविधानको समीक्षा र आवश्यक परिमार्जन, लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणाली सुदृढ।
निर्वाचन सुधार: खर्चिलो र जटिल प्रणालीको सट्टा सरल, कम खर्चिलो प्रणाली अपनाउने।
राष्ट्रिय स्वाधीनता: विदेशी हस्तक्षेप अस्वीकार, असमान सन्धि खारेज, अतिक्रमित भूमि फिर्ता।
पार्टीले अपिलमा स्पष्ट पारेको छ कि यस निर्वाचनमार्फत नयाँ व्यवस्थाको स्थापना गर्दै देशको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा योगदान दिने लक्ष्य राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १७:०६
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन आयोगले समयमै प्रतिवे...
फाल्गुन १४ गते, २०८२ - १६:२४
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने स्पष्ट पारेका छन्। नेकपाद्वारा ...
फाल्गुन १४ गते, २०८२ - १६:०४
सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्...
फाल्गुन १४ गते, २०८२ - १५:५२
काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’बारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। कर्णाली प्...
फाल्गुन १४ गते, २०८२ - १५:३४
बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच र...
फाल्गुन १४ गते, २०८२ - १५:२७
रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्य...
फाल्गुन १४ गते, २०८२ - १५:२१
काठमाडौँ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद ...



प्रतिकृया लेख्नुहोस्: