सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्लामा मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
यस पटक सोलुखुम्बुमा प्रतिस्पर्धामा उत्रिएका अधिकांश उम्मेदवार प्रतिनिधि सभाका लागि नयाँ छन्। नेपाली कांग्रेसले नयाँ अनुहारका रूपमा प्रकाशसिंह कार्कीलाई चुनावी मैदानमा उतारेको छ । वि।सं। २०४८ देखि निरन्तर बलबहादुर केसी उम्मेदवार बन्दै आएको यस क्षेत्रमा यस पटक कांग्रेसले उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका समाजसेवी कार्कीलाई अवसर दिएको हो । कार्की २०७४ सालको प्रदेश सभा निर्वाचनमा भने पराजित भएको थिए।
विगतमा आन्तरिक गुटबन्दीका कारण पराजय भोग्दै आएको कांग्रेसले यस पटक सोलुमा कुनै गुट नरहेको र स्वच्छ छविका उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ । सुशासन, विकास निर्माण र भ्रष्टाचारमुक्त समाज निर्माण कांग्रेसका मुख्य एजेन्डा छन् ।
त्यस्तै, नेकपा ९एमाले० ले पूर्वउपप्रमुख कल्पना राईलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट आएकी अधिवक्ता राई २०७४ को स्थानीय तह निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएको थिए। उनी पनि प्रतिनिधि सभाका लागि पहिलो पटक प्रतिस्पर्धा गर्दै छन्। एमालेले महिला उत्थान र नीति निर्माणलाई मुख्य एजेन्डा बनाएको छ ।
यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बहालवाला गाउँपालिका अध्यक्ष असिम राईलाई उम्मेदवार बनाएको छ । थुलुङ दुधकोसी गाउँपालिकामा दुई पटक अध्यक्ष निर्वाचित राई युवामाझ लोकप्रिय छन्। सांगठनिक रूपमा तेस्रो शक्ति देखिए पनि व्यक्तिगत प्रभावका आधारमा उनी जितको बलियो दाबेदार मानिएको छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट ऋषिधन राई चुनावी प्रचारमा जुटेको छन् । श्रम संस्कृति पार्टीले बियस राईलाई उम्मेदवार बनाएको छ भने जनता समाजवादी पार्टीका लाक्पा शेर्पा, आम जनता पार्टीका गुणराज एफ। भट्टराई, नेमकिपाका कमल बहादुर मगर लगायतका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित मतदाता भेटघाटमा व्यस्त छन्।
२०४८ देखि हालसम्म सोलुखुम्बुमा कांग्रेस, एमाले र तत्कालीन माओवादीले आलोपालो जित्दै आएका छन् । २०७९ को निर्वाचनमा भने नेकपा ९एमाले० का मानवीर राई विजयी भएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १७:०६
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि २२ वटा कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरू मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:५६
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो अभिव्यक्ति बांगोटिंगो प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँंडामा आयो...
फाल्गुन १४ गते, २०८२ - १६:३५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी आन्दोलनबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन आयोगले समयमै प्रतिवे...
फाल्गुन १४ गते, २०८२ - १६:२४
काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कतै पनि समीकरण वा तालमेल नहुने स्पष्ट पारेका छन्। नेकपाद्वारा ...
फाल्गुन १४ गते, २०८२ - १६:०४
सोलुखुम्बु । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै सोलुखुम्बुमा चुनावी सरगर्मी बढेको छ । १२ दलले निर्वाचनमा भाग लिएको यस जिल्...
फाल्गुन १४ गते, २०८२ - १५:५२
काठमाडौं । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’बारे नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। कर्णाली प्...
फाल्गुन १४ गते, २०८२ - १५:३४
बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच र...
फाल्गुन १४ गते, २०८२ - १५:२७
रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्य...
फाल्गुन १४ गते, २०८२ - १५:२१
काठमाडौँ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद ...



प्रतिकृया लेख्नुहोस्: