Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बागलुङ २ मा गढ जोगाउने र भत्काउने दाउमा दल

खबरडबली संवाददाता

बागलुङ। बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विगतको चुनावी परिणामअनुसार पश्चिम बागलुङमा पर्ने यस क्षेत्रमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिए पनि पछिल्लो समय रास्वपा थपिएको हो ।

यस क्षेत्रमा कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु शर्मा चालिसे, राष्ट्रिय जनमोर्चा (राजमो) र नेकपाका साझा उम्मेदवार ज्ञामनाथ गैरे तथा रास्वपाका सोम शर्मा चुनावी मैदानमा छन्। २०७९ सालको निर्वाचन परिणामलाई विश्लेषण गर्दा रास्वपाको जनआधार अन्य दलको तुलनामा कमजोर देखिए पनि फेरिएको राजनीतिक समीकरणले प्रतिस्पर्धालाई तीव्र बनाएको छ ।

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार देवेन्द्र पौडेल २४ हजार ७९४ मतका साथ विजयी भएको थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १९३ मत प्राप्त गर्दा रास्वपाकी तिला खत्रीले २ हजार ३२७ मत पाएको थिए ।

विगतका दुई निर्वाचनमा चुनावी गठबन्धनका कारण मतदाताले आफ्नै दलको उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् । यस पटक राजमोबाहेक अन्य प्रमुख दलले एकल उम्मेदवारी दिएकाले चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । नेकपा ९एस० सहितका साना कम्युनिस्ट घटकबीचको एकताबाट बनेको ुनेकपाु का तर्फबाट ज्ञामनाथ गैरेले बलियो दाबेदारी प्रस्तुत गरेको छन् । उनलाई पश्चिम बागलुङमा राम्रो प्रभाव भएको राजमोको समर्थन छ ।

एमालेले पुन: मञ्जु शर्मा चालिसेलाई नै उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट उम्मेदवारी दिने उहाँ एक्लो महिला छन्। २०७९ मा ४ हजार ६०१ मतान्तरले पराजित चालिसे यस पटक अघिल्लो मत जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्।

यता, सांगठनिक रूपमा कांग्रेसको जनआधार पनि बलियो देखिन्छ । यस क्षेत्रका ६ स्थानीय तहमध्ये ४ वटामा कांग्रेसको नेतृत्व छ । २०७९ को समानुपातिकतर्फको मत परिणाममा कांग्रेसले १६ हजार २८३ र एमालेले १५ हजार ४६८ मत प्राप्त गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending