Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नवलपरासी–१: पुल बन्यो, तर नागरिकता र लालपुर्जा नबन्दा सुस्तावासी आजित

खबरडबली संवाददाता

नवलपरासी  ।  “ढुक्क हुनुस्, तपाईंहरूलाई नागरिकता र लालपुर्जा दुवै दिन्छौं।”  ०७८ असोज १० गते रामचन्द्र पौडेल सुस्ता पुगेर नारायणी नदीको झोलुङ्गे पुल उद्घाटन गर्दै यस्तो आश्वासन दिएका थिए। पुल उद्घाटनको त्यो क्षण सुस्तावासीका लागि आशाको दिन थियो। तर १७ महिनापछि पनि नागरिकता र लालपुर्जाको समस्या भने उस्तै छ।

नवलपरासी–१ अन्तर्गत पर्ने सुस्ता गाउँ अझै पनि आधारभूत अधिकारबाट वञ्चित छ। झन्डै १ हजार ५७१ मिटर लामो झोलुङ्गे पुलले आवतजावत सहज बनाएको छ। नारायणी नदी पार गर्न अब आधा घण्टाभन्दा कम समय लाग्छ। तर भौतिक पूर्वाधार बने पनि नागरिक अधिकारको पुल भने अझै निर्माण हुन सकेको छैन।

नागरिक छौं, तर नागरिकता छैन

झोलुङ्गे पुल नजिकैको सानो बजारमा भेटिएका ६८ वर्षीय शंकर घर्ती मगर भन्छन्, “यहाँ समस्या नै समस्या छन्। जमिन कमाएका छौं, खेती गरेका छौं, तर धेरैसँग लालपुर्जा छैन। नागरिकता नहुँदा सीमावर्ती बजार जाँदा भारतीय पक्षले रोकेर सोधपुछ गर्छ।”

उनका अनुसार, सुस्तावासीहरू सीमापारि किनमेल वा उपचारका लागि जाँदा नागरिकता देखाउनुपर्ने बाध्यता छ। तर कतिपयसँग नागरिकता नै छैन। “नागरिकता नहुँदा आफ्नै ठाउँमा पराइझैं हुनुपरेको छ,” उनी भन्छन्।

स्थानीय विष्णु कलवारको अनुभव पनि उस्तै छ। पुल सञ्चालनपछि गाउँ पुग्न सहज भए पनि मूल समस्या भने समाधान नभएको उनको गुनासो छ। “पुलले बाटो सजिलो बनायो, तर नागरिकता र लालपुर्जा नहुँदा जीवन उस्तै कठिन छ,” उनले भने।

पुस्तौंदेखि बसोबास, तर कागज छैन

सुस्ताका धेरै परिवार पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। ३० वर्षीय भीम केवट भन्छन्, “दाइको नागरिकता छ, मेरो छैन। बुवाको पनि छैन।” उनका अनुसार, एउटै टोलका ८ घरपरिवार अझै नागरिकता विहीन छन्।

४५ वर्षीया मञ्जुदेवी पनि त्यही पीडामा छिन्। “हामी बूढा हुन लाग्यौं, नाति भइसके, तर नागरिकता छैन,” उनी भन्छिन्। उनका बुवाले सुस्तामा बसोबास सुरु गरेको ६० वर्ष भइसकेको छ। तर राज्यले अझै उनीहरूलाई औपचारिक रूपमा चिनेन।

३०० बढी घरपरिवार, कसैसँग लालपुर्जा छैन

सुस्ता नगरपालिका–४ का वडाध्यक्ष प्रभुनाथ अहिरका अनुसार सुस्तामा करिब ३०० भन्दा बढी घरपरिवार बसोबास गर्छन्। “यहाँको सबैभन्दा ठूलो समस्या नागरिकता हो,” उनी भन्छन्।

उनका अनुसार, अधिकांश जग्गा ऐलानी छ। “कसैसँग पनि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) छैन। सबै ऐलानी जमिनमा बसोबास छ,” उनले बताए। नागरिकता र लालपुर्जा नहुँदा बैंक ऋण, सामाजिक सुरक्षा भत्ता, शिक्षा तथा रोजगारीका अवसरमा समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ।

मतदान केन्द्र छ, तर मतदाता शिक्षा छैन

सुस्तामा रहेको जनता दलित आधारभूत विद्यालयमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ। त्यहाँ ४०४ मतदाता रहेका छन्। तर मतदाता शिक्षा दिन अहिलेसम्म कोही नआएको स्थानीयको गुनासो छ। पहिलोपटक मतदान गर्न लागेकी शनिश्चरी गुप्ता भन्छिन्, “मत कसरी हाल्ने, थाहा नै छैन।”

पुराना मतदाता हरिचन्द्र तेली भने यसपटक मत परिवर्तन गर्ने मनस्थितिमा छन्। “पुरानालाई छाड्ने, नयाँ रोज्ने,” उनले भने। तर उनी पनि नागरिकता, लालपुर्जा र नदी कटानको समस्या नै मुख्य मुद्दा भएको बताउँछन्।

नदी कटानको त्रास

नारायणी नदीको कटान सुस्तावासीको अर्को स्थायी पीडा हो। वर्षेनी नदीले जमिन बगाउने डर रहन्छ। जमिन ऐलानी भएकाले क्षतिपूर्ति वा संरक्षणका योजना पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्।

आश्वासन धेरै, समाधान कहिले?

झोलुङ्गे पुल बनेपछि सुस्ता देशसँग भौतिक रूपमा नजिकिएको छ। तर नागरिकता र लालपुर्जाविहीन जीवनले उनीहरूलाई अझै राज्यसँग टाढा बनाएको छ। स्थानीय भन्छन् नेताहरू आउँछन्, आश्वासन दिन्छन्, तर समस्या समाधान हुँदैन।

चुनाव नजिकिँदै गर्दा सुस्तावासीको एउटै प्रश्न छ “हामीले कहिले पाउँछौं नागरिकता र आफ्नै जमिनको लालपुर्जा ?” पुलले बाटो जोडेको छ, अब राज्यले विश्वास र अधिकारको पुल जोड्ने पालो सुस्तावासीले प्रतीक्षा गरिरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको नयाँ प्रतिबद्धताः स्वाधीनता जोगाउने अठोटदेखि निर्वाचन सुधारसम्म

काठमाडौं । २२ कम्युनिस्ट तथा समाजवादी घटकको एकताबाट बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रको स्वाधीनता, सुशासन र संविधान संशोधनका एजेन्डासहित आफ्नो ...

धनुषामा २० वर्षीय युवकको घाँटी रेटेर हत्या

जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।  धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र ...

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन निर्वाचन आयोग लागिरहेको बताएका छन्। आयोगले...

पत्रकार अर्जुन आचार्यमाथि आक्रमणप्रति प्रेस सेन्टर नेपालको आपत्ति, कारबाहीको माग

काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रम...

सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्षीय वृद्ध पक्राउ

एजेन्सि । जापानी प्रहरीले ओसाका सहरमा सरकारी भवनमा भित्तेचित्र कोरेको आरोपमा ९० वर्ष उमेर हाराहारीका एक वृद्ध व्यक्तिलाई बिहीबार पक्राउ गरेको छ  ओस...

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

काठमाडाै  । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा...

एजेन्डाकै बलमा चुनावी मैदानमा हाेेमिएका हाैैंं, तालमेलको चर्चा निराधार हाेः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी एजेन्डा र जनसमर्थनको बलमा आगामी निर्वाचनमा जाने स्पष्ट पा...

जन्मठाउँ भरतपोखरीबाट एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा ।  आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा–...

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

दाङ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।   घोराही...

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री

काठमाडौँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE