Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

इनरुवामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

खबरडबली संवाददाता

इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

आज बिहान वराहक्षेत्र नगरपालिका–११, गुप्ताटोलस्थित भित्रि सडकमा को। २५ प। १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते भएको थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएको छन् । उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए। 

त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री  सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च। ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र। १–०२–००३ ह। ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो । 

सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं। नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२:५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प ...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन गर्न दिइने

काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आय...

चुनाव ‘महाभारत’ जस्तै हो, को कौरव को पाण्डव छुट्याउनुस् : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै कौरव र पाण्डव को हुन् भन्ने छुट्याउन मतदातालाई आग...

रन्जितलाई प्रचण्डको फोन: झापा–५ मा कुनै दलसँग सहकार्य हुने कुरा भएको छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।...

सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...

जलेको निजी निवास अवलोकन गर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...

प्रतिनिधिसभा निर्वाचन: फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE