Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

रन्जितलाई प्रचण्डको फोन: झापा–५ मा कुनै दलसँग सहकार्य हुने कुरा भएको छैन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।

बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी अफवाह नपत्याउन र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न आग्रह गरेका हुन्।

तामाङका अनुसार प्रचण्डले फोनमा “बजारमा जे हल्ला चलेको छ, त्यो निराधार हो। कहीँ पनि अलायन्स हुँदैन। कुनै छलफल वा कुराकानी भएको छैन र हुँदैन पनि,” भन्दै दृढतापूर्वक चुनावी अभियानमा जुट्न निर्देशन दिएका थिए।

तामाङले पूर्व क्षेत्रमा विशेषगरी झापामा सभा आयोजना गर्ने तयारी भइरहेको जानकारी पनि प्रचण्डलाई गराएका छन्। उनले चुनावी गतिविधि र अवस्थाबारे विस्तृत रिपोर्टिङसमेत गरेको बताए।

यसअघि बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले विदेशी शक्तिहरूको प्रभावलाई परास्त गर्न आवश्यक परे कांग्रेस र एमालेजस्ता शक्तिहरूसँग संवाद हुन सक्ने बताएका थिए। उक्त अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायत क्षेत्रमा सम्भावित सहकार्यबारे चर्चा चलेको थियो।

त्यही टिप्पणी र हल्लापछि प्रचण्डले झापा–५ का उम्मेदवारलाई फोन गरी कुनै गठबन्धन नहुने स्पष्ट सन्देश दिएको बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

विराटनगर। जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका–३ निवासी ३७ वर्षीय सन...

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं। नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२:५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प ...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन गर्न दिइने

काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आय...

चुनाव ‘महाभारत’ जस्तै हो, को कौरव को पाण्डव छुट्याउनुस् : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै कौरव र पाण्डव को हुन् भन्ने छुट्याउन मतदातालाई आग...

रन्जितलाई प्रचण्डको फोन: झापा–५ मा कुनै दलसँग सहकार्य हुने कुरा भएको छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।...

सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...

जलेको निजी निवास अवलोकन गर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE