विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहरू निर्वाचनसम्बन्धी तालिममा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकतासम्बन्धी सेवा दुई दिनका लागि बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै फागुन १४ र १५ गते नागरिकता शाखाका सेवाहरू स्थगन गरिएको जानकारी दिएको हो । कार्यालयका अनुसार २०८२ साल फागुन १४ देखि फागुन १५ गतेसम्म नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द रहने छन् ।
निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारी खटनपटन भइसकेको र निर्वाचनमा खटिने कर्मचारीहरूले अनिवार्य रूपमा तालिम लिनुपर्ने व्यवस्था भएकाले सेवा प्रवाह रोक्नुपरेको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “निर्वाचनसम्बन्धी तालिम लिनुपर्ने व्यवस्था भएकोले यस कार्यालयको नयाँ नागरिकता शाखा तथा प्रतिलिपि नागरिकता शाखाबाट प्रवाह हुने सेवा बन्द हुने बेहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”
प्रशासनले सेवा बन्द हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको समेत जनाएको छ । फागुन १६ गतेदेखि भने नागरिकता सम्बन्धी सेवाहरू पुन: सुचारु हुने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १४ गते, २०८२ - १३:०२
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...
फाल्गुन १४ गते, २०८२ - १२:४४
काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...
फाल्गुन १४ गते, २०८२ - १२:२७
काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...
फाल्गुन १४ गते, २०८२ - १२:२१
इनरुवा। सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्...
फाल्गुन १४ गते, २०८२ - १२:०९
मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ । जिल...
फाल्गुन १४ गते, २०८२ - ११:५५
गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार ...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:४६
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबारबाट दुई दिन नागरिकता वितरण नगर्ने भएको छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि कर्मचारीहर...
फाल्गुन १४ गते, २०८२ - ११:३९
काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले ...
फाल्गुन १४ गते, २०८२ - ११:२५
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य रु ६०० र चाँदीको मूल्य रु १० ले बढेको हो । नेपाल सुनचाँदी व्...



प्रतिकृया लेख्नुहोस्: