Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नवलपुरको सीमा नाकामा आवागमन बन्द गरिने, मदिरा बिक्री–वितरणमा पूर्ण निषेध

खबरडबली संवाददाता

मध्यविन्दु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्णरूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिन नेपाल–भारत सीमा नाका अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक ब्यारेज पुलबाट हुने आवागमन पूर्णरूपमा बन्द गरिने जनाएको छ ।

आकस्मिक सेवा (पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शववाहन) तथा भारत हुँदै तेस्रो मुलुकबाट आउने पर्यटकको आवागमनमा भने रोक लगाइने छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जारी गरेको सूचनामा सम्बन्धित सबै पक्षलाई आवश्यक जानकारी लिन र सहकार्य गर्न अनुरोध गरिएको छ ।

मदिरा बिक्री–वितरणमा पूर्ण निषेध
यसैगरी सार्वजनिक सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्णरूपमा निषेध गरेको छ ।

निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन फागुन १८ गते बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवन पूर्णरूपमा निषेध गरिएको हो ।

अटेर गरी मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ । साथै, सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने समेत जनाइएको छ ।

निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणसँग प्रशासनले आग्रह समेत गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं। नेपाल–भारत (सिक्किम) सीमा नजिक आज मध्यान्ह १२:५४ बजे स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प गएको छ। नेपाल भूकम्प अनुसन्धान केन्द्र र भूकम्प ...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

नवलपरासीका रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

काठमाडौं । नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस उपसभापति विश्वप्...

निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित रूपमा सञ्चालन गर्न दिइने

काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आय...

चुनाव ‘महाभारत’ जस्तै हो, को कौरव को पाण्डव छुट्याउनुस् : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई ‘महाभारत’सँग तुलना गर्दै कौरव र पाण्डव को हुन् भन्ने छुट्याउन मतदातालाई आग...

रन्जितलाई प्रचण्डको फोन: झापा–५ मा कुनै दलसँग सहकार्य हुने कुरा भएको छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्।...

सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्...

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ प्राप्त

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ...

जलेको निजी निवास अवलोकन गर्न पहिलो पटक पुगिन् विद्या भण्डारी

काठमाडौँ । विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन्। बिहीबार बिहान बुढानील...

प्रतिनिधिसभा निर्वाचन: फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारी साधन सञ्चालनमा रोक लगाइने

काठमाडौँ । निर्वाचन आयोगले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको छ । य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE