Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

कांग्रेसले ८० भन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको छ: उपसभापति शर्मा

खबरडबली संवाददाता

गौशाला। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गरेको छन् ।

बुधबार महोत्तरीको क्षेत्र नं। ४ स्थित सम्सी बजार पुगेका उपसभापति शर्माले पार्टीले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवामा नेतृत्व हस्तान्तरण गरिसकेको उल्लेख गरे। नेपालमा उत्पन्न भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् दल नेपाली कांग्रेस नै भएको बताउँदै उनी ‘जेन–जी’ पुस्ताको भावना बुझेर उनीहरूसँग समन्वय गर्दै अघि बढ्ने नीति पार्टीले लिएको स्पष्ट पारे।

उपसभापति शर्माले निर्वाचन यही फागुन २१ गते हुने जानकारी दिँदै महोत्तरी निर्वाचन क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवलाई मतदान गरी विजयी बनाउन मतदातासँग आग्रह पनि गरे । सो अवसरमा उनले सम्सी गाउँपालिका–६ स्थित सम्सी बजारमा शहीद शिवचन्द्र मिश्रको शालिकमा पुष्पमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगरप्रमुख सुनीलकुमार यादव उपसभापति शर्माको महोत्तरी भ्रमणले पार्टी सङ्गठन थप मजबुत बनेको छ भने । उनी महोत्तरी–४ मा कांग्रेसप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्छन् ।

यसैगरी, नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य नरेन्द्र यादव कांग्रेसको नीति र नेतृत्वप्रति जनविश्वास बढ्दो क्रममा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए। उम्मेदवार महेन्द्र रायले पार्टी नेतृत्व, नेता–कार्यकर्ता र मतदाताबाट प्राप्त समर्थनले आफू थप उत्साहित भएको प्रतिक्रिया दिँदै शहीदको बलिदानलाई आत्मसात् गरी समावेशी विकास र जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्छन् ।

कार्यक्रममा नगरपालिका तथा गाउँपालिकाका सभापति, वडा सभापति, स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा समूहका पाँच सर्तबारे कांग्रेस संस्थापन मौन, सहमतिका लागि संवाद जारी: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...

पुँजी बजारका समस्या समाधान गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...

बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...

पाँचथरको फालेलुङमा भिषण पहिरो, जोरपोखरी–एकतिन–मेमेङ सडक पूर्ण रूपमा अवरुद्ध

फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...

पछिल्लो २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...

बुधबारदेखि वर्षा कम हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।  हात्तीले ग...

विराटनगर भन्सार : निर्यातमा प्रशोधित भटमास तेलको बर्चस्व, १ अर्ब ४० करोडको जुत्ता निर्यात

विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ ।  ...

सेयर बजारमा निरन्तर उछाल, नेप्से २७१९ अंकमा पुग्यो

काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending