Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

खबरडबली संवाददाता

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका –१ निवासी २२ वर्षीय सञ्जित स्याङतान र सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।

हेटौँडा बजारबाट मनहरीतर्फ जाँदैगरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाइ नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ग २ ख ८९८ नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । 

दुर्घटनापछि फरार भएको ट्रकलाई पर्सा वीरगञ्ज महानगरपालिका –१३ पर्तिमाचोकस्थित ग्यारेजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका –३ निवासी ३६ वर्षीय अनिल साह फरार रहेका छन् । उहाँको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज, चुनावी तयारीबारे समीक्षा हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र समग्र अवस्थाबारे समीक्षा गर्न केन्द्रीय निर्वाचन परिचालन समितिको ...

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार...

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेको छन् । मन्त्री शर्माको कार्यकक्षमा भएको उ...

नीति र एजेन्डामा बहस गरेर मात्र मतदान गरौँ : महामन्त्री पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बहस बिना नै मत माग्ने प्रवृत्तिको आलोचना गर्दै नीति र एजेन्डामाथि घनीभूत छलफल गरेर मात...

झापा ४ मा चुनावी सरगर्मी: पुराना प्रतिस्पर्धी र नयाँ शक्तिबिच कडा टक्कर

बिर्तामोड। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ। कनकाई नगरपाल...

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काभ्रेपलाञ्चोक। सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका द...

हेटौँडामा ट्रकले ठक्कर दिँदा दुई युवकको मृत्यु

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ब...

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको अन्त्य हुन्छ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुने बताएका ...

रणनीतिक साझेदारीको नयाँ चरणमा : प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल प...

दुर्गा प्रसाईं थुनामुक्त

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। मंगलबार सर्वोच्च अदालतका न्यायाध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE