काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्य द्रुत गतिमा अघि बढाउने योजना बनाएको छ। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन समय नलाग्ने जानकारी दिए।
उनका अनुसार, समानुपातिक मत परिणाममा एक–दुई दिन लागे पनि प्रत्यक्षतर्फको परिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्रै घोषणा गरिने आयोगको तयारी छ।
भण्डारीले मतपत्र उपत्यका बाहिर पठाउने काम सकिएको र काठमाडौँ, ललितपुर तथा भक्तपुरका केही स्थानमा मंगलबार साँझसम्म पुर्याइसक्ने गरी काम भइरहेको जानकारी दिए। साथै, मतदान अधिकृतहरुको तालिम मंगलबार साँझसम्म सम्पन्न हुनेछ र त्यसपछि आवश्यक सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा खटिने व्यवस्था भइरहेको बताए।
निर्वाचन तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको र आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। मतपत्र छपाइदेखि ढुवानीसम्मको जटिल व्यवस्थापकीय काम सम्पन्न भइसकेको र कर्मचारीहरू कार्यक्षेत्रमा खटिएको पनि उनले बताउनुभयो।
उनले हिमाली क्षेत्रमा अस्थायी मतदान केन्द्र निर्धारण गर्ने सन्दर्भमा आयोगले निर्णय गर्न बाँकी रहेको स्पष्ट पार्दै भने कि भौगोलिक विकटता र मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुन आयोग तयार छ। “यदि आवश्यक पर्यो भने हामी मतदाताहरू जहाँ छन्त्यहीं गएर मत सङ्कलन गर्ने निर्णय गर्नेछौं,” उनले भने।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मुखमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आह्वान गरे। साथै, राजनीतिक दलहरूलाई निषेधको राजनीतिमा लाग्न नहुने चेतावनी दिए। “स्वच्छ प्रतिष्पर्धाबाट मात्र निष्ठावान नेतृत्व चयन हुन्छ,” उनले भने।
उनले मतदातालाई सामाजिक सञ्जालमा आउने असत्य समाचारको पछि नलाग्न र तत्काल हटाउन आग्रह गरे। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका तय भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १२:३१
धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्। चकिया (जाँत...
फाल्गुन १२ गते, २०८२ - १२:०८
दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्। ...
फाल्गुन १२ गते, २०८२ - ११:४७
बिर्तामोड। जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्र...
फाल्गुन १२ गते, २०८२ - ११:२९
हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति भएको सव...
फाल्गुन १२ गते, २०८२ - ११:१८
काठमाडौँ । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी म...
फाल्गुन १२ गते, २०८२ - ११:०४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। ...
फाल्गुन १२ गते, २०८२ - १०:५१
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गरेको छिन् । जेनेभामा आयोजित मानव अधिकार परिषद...
फाल्गुन १२ गते, २०८२ - १०:३८
महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखस...
फाल्गुन १२ गते, २०८२ - १०:०८
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ...
फाल्गुन १२ गते, २०८२ - १०:०२
दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत ...



प्रतिकृया लेख्नुहोस्: