दमक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं। ५ का उम्मेदवार बालेन्द्र शाहले आफ्नो विस्तृत
‘वाचापत्र’ सार्वजनिक गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगार र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।
वाचापत्रमा नेपालका संविधान–२०७२ ले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने उल्लेख छ । यसै गरी, सङ्घीय सांसदको हैसियतमा भ्रष्टाचार नियन्त्रण, नीति तथा बजेट निर्माणमा क्षेत्रीय आवश्यकताको समावेश, सङ्घ–प्रदेश–स्थानीय तहबिच समन्वय र पारदर्शी शासन प्रणाली प्रवर्धन गर्ने प्रतिबद्धता रहेको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वाचापत्रमा शाहले सार्वजनिक सेवामा डिजिटल प्रणाली, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने उल्लेख छ । शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालय सुदृढीकरण, पुस्तकालय तथा डिजिटल अध्ययन कक्ष स्थापना, स्थानीय भाषा तथा सीपमूलक शिक्षा प्रवर्धन गर्ने योजना रहेका छन् ।
यसै गरी विपन्न परिवारका लागि सहज उपचार पहुँच, आधारभूत स्वास्थ्य सेवा विस्तार, सुरक्षित खानेपानी र सरसफाइ कार्यव्रmमलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ भने नयाँ कार्यव्रmमका रूपमा २४ सै घण्टा ब्लड एम्बुलेन्स सेवा सञ्चालनको प्रतिबद्धता समावेश गरिएको छ । दमक अस्पतालाई तत्कालै तीन सय शøयाको बनाउने बताइएको छ । अहिले यो अस्पताल १५ शøयाको मात्र छ ।
पूर्वाधार विकास अन्तर्गत अधुरा सडक तथा पुल योजना निश्चित अवधिमा पूरा गर्ने उल्लेख छ । कृषि तथा रोजगारी क्षेत्रमा सिँचाइ विस्तार, कृषि उत्पादन भण्डारण केन्द्र, कोल्ड स्टोर स्थापना, बजार पहुँच सुधार र महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने कार्यव्रmम समेटिएका छन् ।
दमक चिसापानी सडकको पूर्णता, दमकको भ्युटावर र निर्माण सम्पन्न भएको दमक सिटी हलको उपयोगलगायतका विषय पनि वाचापत्रमा उल्लेख छ । यसै गरी आदिवासी जनजाति रङ्गशाला निर्माणको विषय पनि प्राथमिकतामा राखेको पाइएको छ । शाहले संरचनागत सुधार र सेवाकेन्द्रित शासनलाई प्राथमिकतामा राखेको देखिन्छ । शाह घरदैलोमा रहेको छन् ।
झापा–५ मा बालेन्द्र शाहसँग नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बाट रञ्जित तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट लक्ष्मीप्रसाद सङ्ग्रौला प्रतिस्पर्धामा रहेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १२ गते, २०८२ - १२:४६
सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा मङ्गलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको...
फाल्गुन १२ गते, २०८२ - १२:३१
धनगढी। नागरिक उन्मुक्ति पार्टी नेपालको कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको छन्। चकिया (जाँत...
फाल्गुन १२ गते, २०८२ - १२:०८
दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्। ...
फाल्गुन १२ गते, २०८२ - ११:४७
बिर्तामोड। जङ्गली हात्तीको आक्रमणबाट घाइते झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ । सोमबार राति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्र...
फाल्गुन १२ गते, २०८२ - ११:२९
हेटौँडा। मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार राति भएको सव...
फाल्गुन १२ गते, २०८२ - ११:१८
काठमाडौँ । आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य रु एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी म...
फाल्गुन १२ गते, २०८२ - ११:०४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। ...
फाल्गुन १२ गते, २०८२ - १०:५१
काठमाडौँ। प्रधानमन्त्री सुशिला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा दृढ रहने प्रतिबद्ध गरेको छिन् । जेनेभामा आयोजित मानव अधिकार परिषद...
फाल्गुन १२ गते, २०८२ - १०:३८
महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखस...
फाल्गुन १२ गते, २०८२ - १०:०८
काठमाडौँ। नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी 'साम्बा'लाई उपचारका लागि पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ...



प्रतिकृया लेख्नुहोस्: