दाङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दाङ क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४७ जना संगठित सदस्यले पार्टी परित्याग गरेका छन्।
उनीहरूले पार्टी त्याग्दै स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम) लाई समर्थन गर्ने घोषणा गरेका हुन्।
नेकपाले दाङ–१ मा आधिकारिक उम्मेदवारका रूपमा मेटमणि चौधरी लाई टिकट दिएको थियो। टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। केसी नेकपाका बागी उम्मेदवार हुन्।
पार्टीको आधिकारिक उम्मेदवारको साटो स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै नेकपाले कारबाही प्रक्रिया सुरु गरेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताहरूले देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा घोषणा गरेका हुन्।
राजीनामा दिनेहरूले अब स्वतन्त्र उम्मेदवार केसीको पक्षमा चुनाव प्रचार–प्रसारमा सक्रिय रूपमा लाग्ने बताएका छन्।
चुनावकै मुखमा ठूलो संख्यामा पूर्वमाओवादी कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएपछि नेकपाका आधिकारिक उम्मेदवार चौधरीलाई धक्का लाग्ने अनुमान स्थानीय तहमा गरिएको छ।
दाङ–१ मा नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, नेकपा एमालेका रेवतिरमण शर्मा घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायत उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...



प्रतिकृया लेख्नुहोस्: