महोत्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न/नगराउन पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। साथै, निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
निष्कासनमा परेका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२ का अध्यक्ष कुशेश्वर सिंह रहेको छन्।
त्यसैगरी पार्टीका अन्य नेताहरूमा गौशाला नगरपालिका–२ का कुमरकान्त मिश्र, गौशाला नगरपालिका–१० का शेष जाली, गौशाला नगरपालिका–४ की सविता कुमारी देवी, मटिहानी नगरपालिका–५ का रामनन्दन यादव, मटिहानी नगरपालिका–३ का मोजिम राइन, जलेश्वर नगरपालिका–२ का संतोष साह, पिपरा गाउँपालिका–५ का रामप्रकाश यादव तथा शम्भु यादव, पिपरा गाउँपालिका–१ का राहुल पाण्डेय, एकडारा गाउँपालिका–३ का श्याम यादव र एकडारा गाउँपालिका–५ का हरिनारायण मण्डल रहेको छन्।
विज्ञप्ति अनुसार श्याम यादव र हरिनारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा तथा वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनका लागि सिफारिस गरिएको जनाइएको छ।
पार्टीका महोत्तरी जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायद्वारा जारी विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको संरक्षण गर्दै आगामी निर्वाचनमा सबैले आधिकारिक उम्मेदवारलाई समर्थन गर्नुपर्ने उल्लेख गरिएको छ।
यसैबिच, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जसपा नेपालका संरक्षक समेत रहेका राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई उम्मेदवार बनाएपछि असन्तुष्टि जनाउँदै हरिनारायण यादवले बागी उम्मेदवारी दर्ता गराएको जनाइएको छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: