काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत गराएको छ। विशेषगरी शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसारमा संलग्न नहुन आयोगले स्पष्ट निर्देशन दिएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवालाको दायित्व भएको उल्लेख गरिएको छ। आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले आचारसंहिता पालनाको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
विज्ञप्तिमा केही प्राध्यापक, शिक्षक तथा कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा सक्रिय रहेको भन्दै आयोगमा उजुरी तथा गुनासो प्राप्त भएको जानकारी दिइएको छ। त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले कानुनी प्रावधान स्मरण गराएको हो।
शिक्षा ऐन, २०२८ को दफा १६(७) को उपदफा (५) को खण्ड (छ) अनुसार कुनै शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ। त्यस्तै, निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) ले विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनसँग सम्बद्ध कर्मचारी, प्राध्यापक र शिक्षकलाई कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन निषेध गरेको छ।
यसैगरी, सोही दफाको खण्ड (ग) अनुसार शैक्षिक संस्थाका सवारीसाधन, भवन वा अन्य सामग्री कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारका लागि प्रयोग गर्न दिन, कार्यक्रम, सभा वा सम्मेलन आयोजना गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
आयोगले आचारसंहिताविपरीत गतिविधिमा संलग्न पाइएमा निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
निर्वाचनको निष्पक्षता कायम राख्न राज्यका सबै निकाय र सार्वजनिक पदधारण गरेका व्यक्तिहरूले तटस्थता अपनाउनु अनिवार्य रहेको आयोगले पुनः दोहोर्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - १९:५४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...
फाल्गुन ११ गते, २०८२ - १९:५२
काठमाडौं । फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...
फाल्गुन ११ गते, २०८२ - १९:४१
सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...
फाल्गुन ११ गते, २०८२ - १९:२१
"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”
फाल्गुन ११ गते, २०८२ - १९:१९
दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...
फाल्गुन ११ गते, २०८२ - १८:४८
काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...
फाल्गुन ११ गते, २०८२ - १८:३०
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका(६, को फोतगाउँको कुल मतदाता संख्या ४० र...
फाल्गुन ११ गते, २०८२ - १८:२५
धनुषा । धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचो...
फाल्गुन १० गते, २०८२ - २२:०४
ओखलढुंगा । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। न...
फाल्गुन १० गते, २०८२ - २१:५२
डोटी । आइतबार दिउँसो डोटीको बोगटान फुड्सिल गाउँपालिकामा( ३ धौलाबस्तीमा भएको जीप दुर्घटनामा परी घाइते भएकी एक महिलाको मृत्यु भएको छ। बोगटान फुड्सिल ...



प्रतिकृया लेख्नुहोस्: