काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि १४ बुँदे ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ ।
सुशासन, सहकार्य र समुन्नतिको नारासहित उनले सामाजिक सञ्जालमार्फत काठमाडौँ–५ को चौतर्फी विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको हो ।
पौडेलले वि.सं. २०७९ को निर्वाचनमा विजयी भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसदका रूपमा इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेको छन् । उनको प्रतिज्ञापत्रमा चक्रपथ दोस्रो खण्ड विस्तारको निरन्तरता, सामाखुसी–टोखा सडक, विष्णुमती करिडोर र साङ्लेखोला करिडोर जस्ता रणनीतिक योजनालाई तीव्रता दिने विषय समेटिएका छन् ।
यस्तै, मेलम्चीको खानेपानी चक्रपथ बाहिर विस्तार गर्ने योजनालाई पनि उहाँले प्राथमिकतामा राखेको छन् ।
शिक्षा र स्वास्थ्यमा डिजिटल रूपान्तरण
पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई ‘स्मार्ट स्कुल’ बनाउने र स्थानीय मातृभाषा (नेवारी तथा तामाङ) एवं मौलिक सीपलाई पाठ्यक्रममा समावेश गर्न स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ ।
स्वास्थ्यतर्फ सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदै यसलाई योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाउने उनको योजना छ । उनले काठमाडौँ–५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र कान्ति बाल अस्पतालको क्षमता विस्तार गर्ने बताएको छन् ।
डिजिटल इनोभेसन र पूर्वाधार
युवा जनशक्तिलाई विश्व बजारसँग प्रतिस्पर्धा गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङको तालिम सञ्चालन गरी यस क्षेत्रलाई ‘डिजिटल इनोभेसन हब’ बनाउने पौडेलको दाबी छ । उनले संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माण गर्ने र झन्झटिलो व्यवसाय दर्ता प्रक्रिया अन्त्य गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन् ।
सम्पदा संरक्षण र पर्यटन
हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, धुम्बाराही र अजिमा जस्ता ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्ने उनको योजना छ । टोखाको बिस्का नख: र हाँडीगाउँको चोकते नारायण जात्रा जस्ता सांस्कृतिक परम्पराको ‘ब्रान्डिङ’ गरी पर्यटकीय लाभ लिने लक्ष्य प्रतिज्ञापत्रमा राखिएको छ ।
सहरी व्यवस्थापन र यातायात
टुकुचा, धोबीखोला र सामाखुसी खोलाको ढल व्यवस्थापनका लागि ‘स्टोर्म वाटर ड्रेनेज’ को व्यवस्था गर्ने र सार्वजनिक पार्कहरूको निर्माण गर्ने पौडेलले उल्लेख गरेको छ । उपत्यकाको यातायातलाई व्यवस्थित गर्न ‘मास ट्रान्सपोर्टेसन’ र साझा डिजिटल भुक्तानी प्रणाली लागू गर्न पहल गर्ने उनको भनाइ छ ।
यस्तै, टोखा–छहरे सुरुङमार्ग र रसुवा–केरुङ राजमार्गलाई व्यापारिक ‘लाइफलाइन’ का रूपमा विकास गर्ने, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्ने र धनेश्वर खेल मैदानलाई राष्ट्रियस्तरको बनाउने विषय पनि प्रतिज्ञापत्रमा समेटिएका छन् । सार्वजनिक जग्गाको संरक्षण गरी पार्क र ध्यान केन्द्र बनाउने कार्यलाई पनि उनले जोड दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - १५:३६
हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...
फाल्गुन ११ गते, २०८२ - १५:२६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...
फाल्गुन ११ गते, २०८२ - १५:१५
धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...
फाल्गुन ११ गते, २०८२ - १४:४५
काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...
फाल्गुन ११ गते, २०८२ - १४:३९
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...
फाल्गुन ११ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका ला...
फाल्गुन ११ गते, २०८२ - १४:१९
रौतहट। रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा जारी कर्फ्यु सोमबार बिहान १० बजेदेखि हटाइ...
फाल्गुन ११ गते, २०८२ - १४:०६
दाङ। दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु। २ ख. ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घ...
फाल्गुन ११ गते, २०८२ - १३:५६
काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओ...
फाल्गुन ११ गते, २०८२ - १३:३६
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। मृतकमध्ये ९ जनाको सनाखत भएको छ भने अन्यको पहिचान ...



प्रतिकृया लेख्नुहोस्: