Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

केे छ ओखलढुंगामा अम्बिरबाबुले निर्वाचन जित्ने आधार ?

खबरडबली संवाददाता

ओखलढुंगा  ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले आफ्नो जितका आधार र प्रतिबद्धतासहित चुनावी घोषणा सार्वजनिक गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका गुरुङले विकास, अधुरा आयोजना सम्पन्न गर्ने अठोट र व्यक्तिगत सामाजिक योगदानलाई मुख्य आधार बनाएका छन्।

विगतको अनुभव र विकासको दाबी

२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ केही समय प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीसमेत बनेका थिए। उनले मन्त्री हुँदा जिल्लामा अर्बौं बजेट भित्र्याएर सडक, पुल, झोलुङ्गे पुल, सिंचाइ, खानेपानी, विद्युत, आवास, सामुदायिक भवन, मठमन्दिर, पार्क, खेलमैदान, शिक्षा र स्वास्थ्य पूर्वाधारमा काम अघि बढाएको दाबी गरेका छन्।

उनका अनुसार त्यतिबेला सुरु गरिएका कतिपय आयोजना सम्पन्न भए पनि केही अझै अधुरा छन्। ती अधुरा योजनालाई पूर्णता दिन र नयाँ गौरवका आयोजना सुरु गर्न आफूलाई फेरि अवसर दिनुपर्ने उनको आग्रह छ।

सामाजिक योगदानलाई पनि आधार

गुरुङले पदमा रहँदा र नरहँदा पनि जिल्लावासीको सेवामा समर्पित रहेको बताएका छन्। विपन्न बालबालिकाको शिक्षामा सहयोग, बिरामीको उपचारमा सहयोग, विपद्का बेला राहत तथा उद्धार, युवालाई खेलकुद र स्वरोजगारमा प्रोत्साहन जस्ता काममा आफू सक्रिय रहेको उनले उल्लेख गरेका छन्।

सरकारी सेवा–सुविधाबाट प्राप्त रकम सामाजिक संस्थामार्फत ज्येष्ठ नागरिक, विपन्न र अपाङ्गता भएका व्यक्तिलाई हस्तान्तरण गरेको दाबी पनि उनले गरेका छन्।

चुनावी एजेन्डा के–के?

उनले सार्वजनिक गरेका प्रमुख प्रतिबद्धतामा भ्रष्टाचारमुक्त र सुशासनयुक्त ओखलढुंगा निर्माण, उच्चस्तरीय रिङरोड, सबै पालिका र वडामा विकास विस्तार, मुख्य सडक कालोपत्रे, सबै घरमा विद्युत र खानेपानी, कृषिको आधुनिकीकरण, स्थानीय उत्पादनको बजारीकरण, उद्योग स्थापना, युवालाई स्वरोजगार, पर्यटकीय पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधारलगायत विषय छन्।

त्यसैगरी संघीयतालाई बलियो बनाउने, प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने जस्ता राजनीतिक एजेन्डासमेत उनले अघि सारेका छन्।

मतदाताको मूल्यांकन निर्णायक

गुरुङले तारा चुनाव चिह्नमा मतदान गरेर आफूलाई विजयी गराउन आग्रह गरेका छन्। तर, अन्ततः मतदाताले उनको विगतको कार्यशैली, अधुरा योजनाको अवस्था र प्रस्तुत गरेका प्रतिबद्धताको विश्वसनीयताका आधारमा निर्णय गर्नेछन्।

ओखलढुंगामा उनको अनुभव र विकासको दाबी कति प्रभावकारी बन्छ भन्ने प्रश्नको उत्तर भने निर्वाचन परिणामले नै दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending