Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

जलेश्वरमा महन्थको डेरा, उत्तराधिकारीका रूपमा छोरी मैदानमा

खबरडबली संवाददाता

काठमाडौँ । महन्थ ठाकुर राष्ट्रिय सभामा पुगेपछि सक्रिय चुनावी राजनीतिबाट औपचारिक रूपमा अलग देखिए पनि महोत्तरी–३ मा भने उनको प्रभाव यथावत् छ। यस पटक उनले आफू पटक–पटक विजयी भएको क्षेत्रबाट छोरी डा. मीनाक्षी झालाई उम्मेदवार बनाएर राजनीतिक उत्तराधिकारको संकेत दिएका छन्।

८० वर्ष पार गरिसकेका ठाकुर छोरीको चुनावी अभियान बलियो बनाउन महोत्तरीको जलेश्वरस्थित होटलमा डेरा जमाएर बसेका छन्। स्वास्थ्यका कारण गाउँ–गाउँ घुम्न नसके पनि उनी भेटघाट, छलफल र रणनीति निर्माणमा व्यस्त छन्। नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई बोलाएर माहोल बनाउन उनी स्वयं अग्रसर देखिन्छन्।

महोत्तरी–३ ठाकुरको परम्परागत प्रभाव क्षेत्र मानिन्छ। प्रदेशदेखि केन्द्रसम्म मन्त्री बनाउने र विकासका कार्यक्रम केन्द्रित गर्ने अभ्यासले यो क्षेत्र लामो समयसम्म मन्त्रीविहीन रहेन। मधेस प्रदेश सरकारकी मन्त्री रानी शर्मा तिवारी पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्छिन्। विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका परिणामले यहाँ जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को पकड बलियो रहेको देखाउँछ।

तर मीनाक्षीको उम्मेदवारीसँगै पार्टीभित्रै असन्तुष्टि चुलिएको छ। लामो समयदेखि चुनावी तयारीमा रहेका नेता हरिनारायण यादव टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन्। उनका अनुसार मीनाक्षीको राजनीतिक योगदान न्यून रहेको र साधारण सदस्यतासमेत नलिएको अवस्थामा टिकट दिइनु अनुचित हो। यादवको बिद्रोही उम्मेदवारीले जसपाको मत काट्न सक्ने आकलन भइरहेको छ।

जसपा नेताहरू भने मीनाक्षीको अवस्था सुदृढ रहेको दाबी गर्छन्। उनीहरूका अनुसार पुरानो संगठन र ठाकुरको प्रभावका कारण परिणाम पार्टीकै पक्षमा आउने विश्वास छ। ठाकुर स्वयं महोत्तरीमै रहेर अभियान सम्हालिरहेका कारण कार्यकर्तामा उत्साह थपिएको दाबी उनीहरूको छ।

प्रतिस्पर्धा भने सहज छैन। नेपाली कांग्रेसबाट बजरङ्ग नेपाली उम्मेदवार छन्। अघिल्ला निर्वाचनमा ठाकुरलाई साथ दिएका कांग्रेस नेता यस पटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिँदा समीकरण फेरिएको छ। एमालेबाट मनोज सिंह, रास्वपाबाट उज्ज्वल झा र स्वतन्त्र रामआधार कापर पनि मैदानमा छन्। टिकट नपाएर स्वतन्त्र उठेका कापरले एमालेको मत प्रभावित पार्न सक्छन् भन्ने विश्लेषण छ।

रास्वपाका उम्मेदवार उज्ज्वल झा यसअघि जसपामै थिए। टिकट नपाएपछि पार्टी परिवर्तन गरेर चुनावी दौडमा लागेका उनी मधेसमा बढ्दो नयाँ राजनीतिक आकर्षणको प्रतिनिधि मानिन्छन्। त्यसैले महोत्तरी–३ को प्रतिस्पर्धा बहुपक्षीय र रोचक बनेको छ।

जिल्लामा कुल १ लाख १० हजार ४३६ मतदाता छन्। पुरानो संगठन र ठाकुरको प्रभावले छोरीलाई सहज बनाउँछ कि आन्तरिक असन्तुष्टि र बहुपक्षीय प्रतिस्पर्धाले समीकरण उल्ट्याउँछ—यो प्रश्नको उत्तर मतपेटिकाले दिनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध कारबाहीको निर्देशन

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार ग...

ओखलढुंगा एमाले–कांग्रेसमा ‘पहिरो’ सयौं युवा नेकपामा प्रवेश, गुरुङको जित सुनिश्चित भएकाे दाबी

अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ

रौतहटको गौरमा भोलि पनि बिहानैदेखि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...

विराटनगरका करिम अन्सारीको निःशुल्क म’लामी बस सेवा : ७३३ परिवारलाई सहारा

विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चा...

गाेरखामा बसको ठक्करबाट ९५ वर्षीय वृद्धाको मृत्यु

गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ  । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...

धनकुटामा हायस दुर्घटना हुुँदा ७ जना घाइतेे

धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ ।  काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...

मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणः ५० भन्दा बढीको मृत्यु

काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...

​निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...

हिटलरको घर अब प्रहरी चौकी

काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...

हिमपातले बन्द लिमी उपत्यका, चुनाव नजिकिँदा पनि रित्तै जाङ गाउँ

हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE