काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी निर्वाचन आयोगमा गराएका हुन् ।
प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिने दलको संख्या ६७ छ । समानुपातिक तर्फ भने ६३ दलका उम्मेदवार रहेका छन् । यसमध्ये ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र ल्याएका हुन् ।
निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन समेत दिएको थियो । तर, अझै पनि कैयन दलहरूले चुनावी घोषणापत्र सार्वजनिक गरेर निर्वाचन आयोग वा निर्वाचन कार्यालयमा पेस गरेका छैनन् ।
आयोगका अनुसार निर्वाचनको घोषणापत्रप्रति राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्न भनिएको हो । यससम्बन्धी व्यवस्था निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ मा पनि छ । आचारसंहिताको व्यवस्था बमोजिम निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूलाई घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेस गर्न भनिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - २२:०७
काठमाडौं । नियमित चुनावको तालिकाभन्दा बाहिर उत्पन्न राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई धेरैले ‘जेनजी आन्दोलन’पछि जनमत परीक्षणको रूपमा हेरि...
फाल्गुन ८ गते, २०८२ - २१:५१
कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेश...
फाल्गुन ८ गते, २०८२ - २१:२७
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन...
फाल्गुन ८ गते, २०८२ - २१:१८
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसा...
फाल्गुन ८ गते, २०८२ - २१:०३
रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...
फाल्गुन ८ गते, २०८२ - २०:४८
काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...
फाल्गुन ८ गते, २०८२ - २०:४३
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...
फाल्गुन ८ गते, २०८२ - २०:३८
चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...
फाल्गुन ८ गते, २०८२ - २०:२६
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...
फाल्गुन ८ गते, २०८२ - २०:२१
काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...



प्रतिकृया लेख्नुहोस्: