काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नयाँ सूचना निकालेर भोलि(आइतबार) पनि कर्फ्यु आदेश निरन्तरता दिएका छन् ।
सूचनाअनुसार आज दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । सो अवधिमा पनि कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।
फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने सूचनामा उल्लेख छ । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । कर्फ्यु लागू हुने क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
विवाद गौरका अन्य वडाहरूसम्म विस्तार भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायरदेखि अश्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेका थिए । पछि प्रशासनले दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरी स्थिति साम्य पारेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - २२:४८
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार ग...
फाल्गुन ९ गते, २०८२ - २२:४५
अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ
फाल्गुन ९ गते, २०८२ - २२:३४
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...
फाल्गुन ९ गते, २०८२ - २२:३१
विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चा...
फाल्गुन ९ गते, २०८२ - २१:२८
गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...
फाल्गुन ९ गते, २०८२ - २१:१३
धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...
फाल्गुन ९ गते, २०८२ - २०:५७
काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...
फाल्गुन ९ गते, २०८२ - २०:५३
काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...
फाल्गुन ९ गते, २०८२ - २०:५२
काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...
फाल्गुन ९ गते, २०८२ - २०:४८
हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...



प्रतिकृया लेख्नुहोस्: