Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

धनकुटामा हायस दुर्घटना हुुँदा ७ जना घाइतेे

खबरडबली संवाददाता

धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ । 

काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ नम्बरको हायस अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा ७ यात्रु घाइते भएका छन् । घाइते हुनेमा धनकुटा नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र तामाङ, १८ वर्षीय अभिषेक मगर र धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय युमेश विक रहेको प्रहरीले जनाएको छ। हिलेकै ३५ वर्षीय कल्पना विक र उनकी छोरी १३ वर्षीया निष्मा विक पनि दुर्घटनामा घाइते छन्। 

दुर्घटनामा पाख्रीबास नगरपालिका-६ का ३९ वर्षीय डिकबहादुर मगर र पाख्रीबास नगरपालिका-२ का ४० वर्षीय झमकबहादुर आले घाइते भएका छन् । घाइतेमध्ये रामचन्द्र तामाङलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ। अन्य सबै घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ​

हायस चालक ललितपुरकाे एकान्तकुना बस्ने ३९ वर्षीय विजय कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध कारबाहीको निर्देशन

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार ग...

ओखलढुंगा एमाले–कांग्रेसमा ‘पहिरो’ सयौं युवा नेकपामा प्रवेश, गुरुङको जित सुनिश्चित भएकाे दाबी

अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ

रौतहटको गौरमा भोलि पनि बिहानैदेखि कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...

विराटनगरका करिम अन्सारीको निःशुल्क म’लामी बस सेवा : ७३३ परिवारलाई सहारा

विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चा...

गाेरखामा बसको ठक्करबाट ९५ वर्षीय वृद्धाको मृत्यु

गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ  । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...

धनकुटामा हायस दुर्घटना हुुँदा ७ जना घाइतेे

धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ ।  काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...

मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणः ५० भन्दा बढीको मृत्यु

काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...

​निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह

काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...

हिटलरको घर अब प्रहरी चौकी

काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...

हिमपातले बन्द लिमी उपत्यका, चुनाव नजिकिँदा पनि रित्तै जाङ गाउँ

हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE