विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चालन गर्दै आएको निःशुल्क मलामी बस सेवा अहिले मानवताको उत्कृष्ट उदाहरण बनेको छ।
अहिलेसम्म ७३३ घरपरिवारले आफ्ना सदस्य गुमाउँदा अन्सारीको बसले मलामीहरूलाई घाटसम्म पुर्याउने–ल्याउने सेवा दिइसकेको छ। दुःखको घडीमा यातायातको जोहो गर्न नसक्ने परिवारका लागि उनको यो सेवा ठूलो सहारा बनेको छ।
करिम अन्सारीसँग सुरुमा तीनवटा बस थिए, जुन धरान–विराटनगर रुटमा नियमित सञ्चालनमा थिए। एक दिन उनलाई म’लामी बोक्न गाडी चाहिएको भन्दै फोन आयो। समस्यामा परेका परिवारलाई सहयोग पुग्ने ठानेर उनले सहुलियतमा बस उपलब्ध गराउन सहमति जनाए। तर पछि थाहा भयो—फोन गर्ने व्यक्ति मृतक परिवारसँग कमिसन लिएर गाडी मिलाइदिने एजेन्ट रहेछ।
दुःखको क्षणमा समेत क’मिसनको खेल भइरहेको थाहा पाएपछि अन्सारी भावुक बने। त्यसै घटनाले उनलाई ठूलो निर्णय लिन प्रेरित गर्यो। उनले आफ्ना तीनमध्ये एउटा बस सधैंका लागि म’लामी बोक्न निःशुल्क उपलब्ध गराउने घोषणा गरे। त्यसयता उनको बस सेवाले निरन्तर रूपमा शोकाकुल परिवारलाई साथ दिँदै आएको छ।
अन्सारीले धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश पनि दिएका छन्। मुस्लिम धर्मावलम्बी भए पनि उनको निःशुल्क बस सेवा प्रायः हिन्दू धर्म मान्ने परिवारहरूले प्रयोग गर्दै आएका छन्। विभिन्न धार्मिक मेला–महोत्सवमा समेत उनले निःशुल्क बस सेवा उपलब्ध गराउने गरेका छन्।
“धर्मभन्दा ठूलो मानवता हो,” भन्ने सन्देशलाई व्यवहारमै उतारेका करिम अन्सारीप्रति स्थानीय समुदायले सम्मान व्यक्त गरेका छन्। उनको सेवा केवल यातायात सुविधा होइन, दुःखको घडीमा आत्मीय साथ बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - २२:४८
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिले निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप गर्नेहरूलाई कारबाही गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। शनिबार ग...
फाल्गुन ९ गते, २०८२ - २२:४५
अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ
फाल्गुन ९ गते, २०८२ - २२:३४
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुस...
फाल्गुन ९ गते, २०८२ - २२:३१
विराटनगर । नेपालीको हृदय फराकिलो हुन्छ भन्ने भनाइलाई व्यवहारमै प्रमाणित गरेका छन् विराटनगर महानगरपालिका–१ निवासी करिम अन्सारीले। उनले वर्षौंदेखि सञ्चा...
फाल्गुन ९ गते, २०८२ - २१:२८
गोरखा । गोरखाको दशकिलोमा यात्रुबाहक बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु भएको छ । गोरखा नगरपालिका- १२ स्थित दशकिलो बजारमा शनिबार दिउँसो बसले ठक्क...
फाल्गुन ९ गते, २०८२ - २१:१३
धककुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका-१, निगालेमा शनिबार साँझ हायस गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हिलेतर्फ जाँदै गरेको ग २ ख १९५७ न...
फाल्गुन ९ गते, २०८२ - २०:५७
काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ ...
फाल्गुन ९ गते, २०८२ - २०:५३
काठमाडौं । योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल ...
फाल्गुन ९ गते, २०८२ - २०:५२
काठमााडौं । नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उनको गृहनगर ब्राउनाउ एम इनमा बहस चुलिएको छ । सरकार उक्...
फाल्गुन ९ गते, २०८२ - २०:४८
हुम्ला । प्रतिनिधिसभा निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छन् । तर हिमालपारिको लिमी उपत्यकामा भने चुनावी सरगर्मी होइन, सून्यता छाएको छ। नाम्खा गाउँप...



प्रतिकृया लेख्नुहोस्: