Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

निर्वाचन बिथोल्ने प्रयास भएमा ‘रेड अलर्ट’: चितवनमा नेपाली सेनासहित संयुक्त सुरक्षा अभ्यास

खबरडबली संवाददाता

चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मतदान स्थल बिथोल्ने प्रयास भएमा कसरी नियन्त्रण लिने भन्ने सन्देश दिन गरिएको अभ्यासमा अन्तिम घेरामा नेपाली सेना समेत फिल्डमा उत्रिएको दृश्य प्रस्तुत गरिएको थियो।

अभ्यासको दृश्य मतदान केन्द्रको सामान्य अवस्थाबाट सुरु हुन्छ। व्यवस्थित रूपमा लाइनमा उभिएका मतदाता, महिला, पुरुष र अशक्तका लागि छुट्टाछुट्टै लाइन, कर्मचारी आ–आफ्नो जिम्मेवारीमा खटिएको अवस्था—सबै केही शान्त र सुव्यवस्थित देखिन्छ।

यसैबीच एक ज्येष्ठ महिला आफ्ना छोरा–छोरीसहित मतदान गर्न आइपुग्छिन्। मतदान गर्दा कसरी भोट हाल्ने भन्ने अन्योलमा परेपछि परिवारका सदस्य आफैँ सँगै मतदान कक्षमा जान खोज्छन्। ड्युटीमा खटिएको नेपाल प्रहरीले नियम सम्झाएर मतदान अधिकृतमार्फत प्रक्रिया स्पष्ट पारेपछि शान्तिपूर्वक मतदान सम्पन्न हुन्छ।

तर अभ्यासको दोस्रो चरणमा अवस्था एकाएक बदलिन्छ। मदिरा सेवन गरेका एक व्यक्ति मतदान स्थलमा प्रवेश गरी होहल्ला गर्न थाल्छन्। त्यही मौकामा केही अराजक समूह नाराबाजी गर्दै मतदान प्रक्रिया अवरुद्ध गर्न खोज्छ। प्रारम्भिक रूपमा खटिएको नेपाल प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्छ तर भीड बढ्दै जाँदा अवस्था जटिल बन्छ।

तत्कालै सशस्त्र प्रहरी बल नेपाल को टोली पहिलो बाहिरी घेरामा आइपुग्छ। माइकिङ गर्दै भीडलाई शान्त हुन आग्रह गरिन्छ। निर्देशन नमानेपछि थप सुरक्षा बल परिचालन गरिन्छ।

अन्ततः हतियारसहितको नेपाली सेना को टोली तेस्रो घेरामा प्रवेश गर्छ। सीमा निर्धारण गर्दै भीडलाई तितरबितर हुन चेतावनी दिइन्छ। नियन्त्रण बाहिर जान खोजेपछि गोली चलाइएको अभ्यास दृश्य प्रस्तुत गरिन्छ, जसमा तीन जना ‘घाइते’ भएको देखाइन्छ। त्यसपछि भीड तितरबितर भई केही समयमै मतदान प्रक्रिया पुनः सुरु भएको देखाइन्छ।

यो सम्पूर्ण दृश्य वास्तविक घटना नभई निर्वाचन सुरक्षासम्बन्धी पूर्वतयारी अभ्यास (मक ड्रिल) हो।  चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार जिल्लाका १ सय ६२ मतदान केन्द्रअन्तर्गत ४ सय ९४ मतदान स्थलमा सुरक्षा योजना तयार गरिएको छ। तीमध्ये २५ वटा मतदान स्थल अति संवेदनशील र ९३ वटा संवेदनशीलको सूचीमा राखिएको छ।

निर्वाचन सुरक्षाको एकीकृत मोडेलअनुसार मतदान स्थलको भित्री घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी तथा आवश्यक परे नेपाली सेना परिचालन गरिनेछ। विमानस्थल र कारागार क्षेत्रमा भने नेपाली सेना तैनाथ भइसकेको छ।

निर्वाचन हुने नहुनेबारे विभिन्न अड्कलबाजी र सुरक्षा चुनौतीको चर्चा भइरहेका बेला गरिएको यो अभ्यासले चितवनमा सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको सन्देश दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनको छायाँमा दलहरूको दृष्टिकोण

काठमाडौं । नियमित चुनावको तालिकाभन्दा बाहिर उत्पन्न राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई धेरैले ‘जेनजी आन्दोलन’पछि जनमत परीक्षणको रूपमा हेरि...

कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाइने

कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेश...

व्यवस्था बदलेर अवस्था बदल्ने अभियानमा प्रचण्ड

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन...

रोल्पामा विप्लवको कडा टिप्पणी: जेनजी विद्रोह जनयुद्धकै असफलताको परिणाम हाे

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसा...

रूपन्देहीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

रूपन्देही ।   जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...

४१ राजनीतिक दलले ल्याए चुनावी घोषणापत्र

काठमाडाैैं  । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...

धरहरा पार्किङ र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...

निर्वाचन बिथोल्ने प्रयास भएमा ‘रेड अलर्ट’: चितवनमा नेपाली सेनासहित संयुक्त सुरक्षा अभ्यास

चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...

एमालेे कार्यकर्ताले गरे दाङमा रास्वपाकाे सम्पर्क कार्यालय तोडफोड

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...

झण्डा जलाइएको विरोधमा काठमाडौँमा मसाल जुलुस, बालेनको पुत्ला दहन

काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE