दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले तुलसीपुर बजार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले गरेको असामाजिक तथा गैरराजनीतिक क्रियाकलापप्रति कडा आपत्ति जनाएको छ।
फागुन ७ गते राति तुलसीपुर बजार क्षेत्रमा एमालेको ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै पार्टीले विज्ञप्ति जारी कडा रूपमा विरोध जनाएको हो ।
एमाले जिल्ला दाङका अध्यक्ष शिवकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा यस्तो घटना देशको लोकतान्त्रिक मूल्य मान्यताविपरीत र जनताको बलिदानबाट प्राप्त राजनीतिक अधिकारमाथि आघात भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको बेला कुनै पनि दल वा स्वतन्त्र उम्मेदवारको झण्डा र चुनाव चिन्ह जलाउने कार्य आचारसंहिता उल्लङ्घन हो र यसले अराजक प्रवृत्तिको प्रसार गर्छ।”
एमालेले रास्वपाका कार्यकर्ता तथा नेतामाथि कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।विज्ञप्तिमा यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य, सहिष्णुता र राजनीतिक संस्कृतिलाई कमजोर बनाउने जनाइएको छ। पार्टीले लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता, शान्ति र सुरक्षालाई सबल बनाउने कार्यमा सबै दल जिम्मेवार हुनुपर्ने भन्दै अशालीन गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
एमालेले जनताको बलिदान र संविधानले स्थापित गरेको स्वतन्त्रता, समानता र सहिष्णुताको सम्मान गर्न सबै राजनीतिक शक्ति सचेत रहनुपर्ने उल्लेख गरेको छ। यता रास्वपाले भने आफ्नो पार्टीको कार्यकर्ताले नभई घुसपैठ गर्नेहरूले एमालेको झण्डमा आगजनी गरेको बताएको छ ।
पार्टीको झण्डा जलाएको प्रति सामाजिक संजालमा व्यापक विरोध भएपछि रास्वपाका सभापति विनय घिमिरेले एक विज्ञप्ति जारी गरि उक्त घटना सत्यतथ्य नभएको मिडिया हचुवाको भरमा लेखेको दाबी गरेको छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १४:०३
दमक। झापामा लागुऔषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेको पाइएको छ । लागुऔषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछी प्रह...
बैशाख ९ गते, २०८३ - १३:५३
जनकपुरधाम । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आ...
बैशाख ९ गते, २०८३ - १३:३७
काठमाडौं। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाह सँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। विवादित व्यवसायी दीपक ...
बैशाख ९ गते, २०८३ - १३:२३
बेरुत। युद्वविरामको वावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका ...
बैशाख ९ गते, २०८३ - १३:१६
मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएको छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँ...
बैशाख ९ गते, २०८३ - १२:५९
काठमाडौं। संघीय मामिला तथा प्रशासन मन्त्रालय ले सरकारी कर्मचारीहरूलाई आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्रालयकी सचिव ...
बैशाख ९ गते, २०८३ - १२:५१
बुखारेस्ट। गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तु अन्तत:...
बैशाख ९ गते, २०८३ - १२:३३
काठमाडौं । सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्बन्ध पूर्ण रूपमा अन्त्य गरेका छन्। यसअघि १८ चैतमा अध्यक्ष परिषद् सदस्...
बैशाख ९ गते, २०८३ - १२:१८
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न पुन: निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपियाँ खिच्ने भएको छ। बै...
बैशाख ९ गते, २०८३ - १२:०४
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी ...


प्रतिकृया लेख्नुहोस्: