काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थित धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौं महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारी साधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेश गर्न शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ भने धराहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौँ महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उनले समग्र धरहरा सञ्चालनका लागि पूर्ण रुपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको बताइन् ।
त्यस्तै शहरी बिकास मन्त्री प्राडा कुमार इङ्नामले सुन्धाराको बाहिर स्वरुपको व्यवस्थापन काठमाडौं महानगरले गर्नेगरि सहमति भएको बताए। यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिने उनले बताए । उनले पाकिङ्ग र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउने उल्लेख गरे ।
मन्त्री इङ्नामले महानगरको माग बमोजिम धरहराको पुरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए । छलफलमा गृहमन्त्री ओम प्रकाश अर्याल लगाएत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - २२:०७
काठमाडौं । नियमित चुनावको तालिकाभन्दा बाहिर उत्पन्न राजनीतिक परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई धेरैले ‘जेनजी आन्दोलन’पछि जनमत परीक्षणको रूपमा हेरि...
फाल्गुन ८ गते, २०८२ - २१:५१
कर्णाली। निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्र पठाउने तयारी भइरहेको जनाएको छ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेश...
फाल्गुन ८ गते, २०८२ - २१:२७
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट उम्मेदवार बन...
फाल्गुन ८ गते, २०८२ - २१:१८
रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसा...
फाल्गुन ८ गते, २०८२ - २१:०३
रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...
फाल्गुन ८ गते, २०८२ - २०:४८
काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...
फाल्गुन ८ गते, २०८२ - २०:४३
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...
फाल्गुन ८ गते, २०८२ - २०:३८
चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...
फाल्गुन ८ गते, २०८२ - २०:२६
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...
फाल्गुन ८ गते, २०८२ - २०:२१
काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...



प्रतिकृया लेख्नुहोस्: