Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

कल्याणपुरमा मतदाता रिझाउन नेपाल जनता पार्टीको नयाँ शैली

खबरडबली संवाददाता

कल्याणपुर । नेपाल जनता पार्टीले प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातालाई आकर्षित गर्न नयाँ शैली अपनाएर बिहीबार अभियानको औपचारिक सुरुवात गरिएको हो ।

यसक्रममा पार्टीका सप्तरीका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले साधु–सन्तबाट आशीर्वाद ग्रहण गर्दै चुनावी अभियान प्रारम्भ गरेका छन् । राजविराजस्थित मविव क्याम्पस मैदानमा सयौँ साधु–सन्तको उपस्थितिमा आशीर्वाद लिएपछि उम्मेदवारहरू आ–आफ्नो क्षेत्रमा प्रचारप्रसारमा जुटेको पार्टीका जिल्ला प्रवक्ता ललन मण्डलले जानकारी दिए।

नेपाल जनता पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नं.१ मा दीपेन्द्रप्रसाद यादव, क्षेत्र नं। २ मा रञ्जु झा ठाकुर, क्षेत्र नं।३ मा डा। सन्तोष चमन यादव र क्षेत्र नं।४ मा कोशलकिशोर दास उम्मेदवार रहेको छन् ।

सोही अवसरमा पार्टीले चुनावी सङ्कल्पपत्र पनि सार्वजनिक गरेको छ । क्षेत्रको न्यायोचित समावेशीकरण, समानुपातिक प्रतिनिधित्व, शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक तथा पत्रकारिता क्षेत्रको उत्थानलाई प्राथमिकतामा राखिएको सङ्कल्पपत्रमा उल्लेख छ ।

पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष त्रिभुवननाथ पाठक, सचिव जयनाथ यादव, मधेश प्रदेश अध्यक्ष शत्रुघ्नप्रसाद साह तथा महन्थ मोतीदास बैरागीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीलगायतका दल तथा स्वतन्त्र उम्मेदवारसमेत गरी १०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending