काठमाडौँ। नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ । जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएको हो ।
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने भएको छन्।
उनले भने, ‘‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ । तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभा गृहमा हुने छौँ । प्रश्नहरूका साथ कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’’
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाएको छन्।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरुको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ । भिजन टेनभित्र समेटिएको प्रतिज्ञापत्रमा आम नागरिकले आज सभापति थापासँग सिधै प्रश्नहरू राख्न पाउने छन् ।
नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सयौँ सञ्चार माध्यमहरुले पनि प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८२ - १२:३७
कास्की। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि कैदीबन्दी र कर्मचारीहरुले मतदान गर्न पाउने भएका छन् । प्रदेश निर्वाचन कार्यालय कास्कीका सूचन...
फाल्गुन ७ गते, २०८२ - १२:१७
देउखुरी। भूमिहीन तथा सुकुम्वासी किसानहरूले राजनीतिक दलहरूले आफूहरूलाई वर्षौंदेखि ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गरेको गुनासो गरेका छन्। गढवा गाउँ...
फाल्गुन ७ गते, २०८२ - १२:०२
जुम्ला। मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६ सय ४८ जना कर्मचारी परिचालन गरेको छ । कुल ६ सय ५४ जना...
फाल्गुन ७ गते, २०८२ - ११:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारो...
फाल्गुन ७ गते, २०८२ - ११:०७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ...
फाल्गुन ७ गते, २०८२ - १०:५६
काठमाडौँ। नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ । जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्...
फाल्गुन ६ गते, २०८२ - १७:४२
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...
फाल्गुन ६ गते, २०८२ - १७:०४
धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् । बुधवार धनगढीमा आयोज...
फाल्गुन ६ गते, २०८२ - १६:५३
ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...
फाल्गुन ६ गते, २०८२ - १६:४७
काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...



प्रतिकृया लेख्नुहोस्: