Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

काठमाडौं–३ मा घरदैलोको दौडधुप : रोजगारी र सुशासन एजेन्डामा भिड्दै उम्मेदवार

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभियानमा व्यस्त छन् भने मतदाताले रोजगारी, सुशासन र परिणाममुखी कामलाई प्राथमिकता दिनुपर्ने आवाज उठाइरहेका छन्।

गोकर्णेश्वर–४ का ६५ वर्षीय भीमभक्त तामाङ भन्छन्, “यो उमेरमा छोराछोरीसँग टाढा बस्नुपर्ने बाध्यता छ। स्वदेशमै रोजगारी भए कसलाई विदेशिन मन हुन्छ र?” उनीजस्ता मतदाता युवालाई स्वदेशमै रोक्ने नीतिलाई नै आफ्नो मतदानको आधार बनाउने बताउँछन्।

नयाँ–पुरानाको मिश्रण

काठमाडौं–३ मा यसपटक नयाँ अनुहारहरूको उल्लेख्य उपस्थिति छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी र उज्यालो नेपाल पार्टी लगायतका दल चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेसबाट रमेश अर्याल, एमालेबाट रामेश्वर फुयाँल, रास्वपाबाट राजुनाथ पाण्डे, नेकपाबाट निरज लामा र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ उम्मेदवार बनेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा दल र स्वतन्त्र गरी २२ जना उम्मेदवार मैदानमा छन्।

२०७९ को निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मतसहित निर्वाचित भएका थिए। यसपटक भने प्रमुख दलहरूले दोहोरिएका अनुहारभन्दा नयाँलाई प्राथमिकता दिएका छन्।

एजेन्डाको प्रतिस्पर्धा

कांग्रेसका उम्मेदवार अर्यालले विगतका विकास योजनालाई निरन्तरता दिँदै जनभावनाअनुसार नयाँ मार्गचित्र बनाउने प्रतिबद्धता जनाएका छन्। एमालेका फुयाँल संविधानका अधिकार कार्यान्वयन, सुशासन र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै मत मागिरहेका छन्।

रास्वपाका पाण्डे ‘नेतृत्व र प्रणाली परिवर्तन’ को नारा लिएर युवामुखी विकासको प्रतिवद्धता व्यक्त गरिरहेका छन्। उज्यालो नेपाल पार्टीका घिसिङ भने “गफ होइन, परिणाम” को सन्देशसहित परिणाममुखी राजनीति गर्ने दाबी गर्दै घरदैलोमा सक्रिय छन्।

६४ हजारभन्दा बढी मतदाता

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार काठमाडौं–३ मा ६४ हजार ४७९ मतदाता छन् र ७२ मतदान केन्द्र तोकिएका छन्। गोकर्णेश्वर नगरपालिकाका नौ वडा, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ तथा काठमाडौं महानगरपालिका–६ यस क्षेत्रमा पर्छन्।

मतदाता उत्साहित देखिए पनि निर्वाचन आचारसंहिताको पालना भए/नभएकोमा प्रशासन सजग रहेको निर्वाचन अधिकृतको भनाइ छ।

फागुन २१ गते हुने मतदानले काठमाडौं–३ मा नयाँ नेतृत्व उदाउँछ वा पुरानै प्रभाव कायम रहन्छ भन्ने स्पष्ट पार्नेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending