Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

खबरडबली संवाददाता

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा ८४ मतदानस्थल र १५८ मतदान केन्द्र कायम छन् । विगतका निर्वाचनमा देखिएका हिंसात्मक घटना, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चार पहुँचको अवस्था तथा सम्भावित सुरक्षा जोखिमका सूचकका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए। 

प्रजिअ मंग्रातीका अनुसार अनुसार अति संवेदनशील तथा संवेदनशील मतदानस्थलमा सुरक्षा व्यवस्था थप कडा पारिनेछ । मतदानको दिन कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सुरक्षा योजना परिमार्जन गरी कार्यान्वयनमा ल्याइने तयारी गरिएको छ । 

आगामी फागुन २१ म हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी गरी दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैबिच, जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले निर्वाचनको मिति नजिकिँदै जाँदा तयारी तीव्र पारिएको जनाएको छ । 

निर्वाचनमा खटिने ९५४ जना कर्मचारीलाई चरणबद्ध रूपमा तालिम दिने तयारी भइरहेको सूचना अधिकारी बिदुरकुमार बस्नेतले बताए। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच समन्वयात्मक रूपमा तयारी अघि बढाइएको जनाइएको छ ।

यसका साथै निर्वाचन खर्च पारदर्शिताका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी सबै उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending