काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले ‘विकासको नेपाली बाटो : सुशासन र रोजगारी, समाजवादको तयारी’ नारासहित फागुन २१ गते हुने निर्वाचनमा मत माग्न आफ्नो घोषणापत्र मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
उद्यमशील राष्ट्र निर्माणको लक्ष्य
पार्टीको घोषणापत्रमा उल्लेख छ कि वर्तमान कमजोर सरकारी योजना र नियमनका कारण निजी क्षेत्र र उद्यमशीलता विकास हुन सकेको छैन। त्यसैले उत्पादनमूलक अर्थतन्त्रलाई प्राथमिकता दिई उद्यमशील राष्ट्र निर्माण गर्ने लक्ष्य राखिएको छ।
नेकपा (संयुक्त) का अनुसार मुलुकको श्रम शक्तिलाई उद्यममा ल्याउनु नै उद्यमशील राष्ट्र निर्माणको पहिलो सर्त हो।
श्रमिक र कमजोर वर्गलाई उद्यममा ल्याउने योजना
घोषणापत्रमा भूमिहीन किसान, असङ्गठित श्रमिक, विदेशमा जाने मौसमी श्रमिक, ऋणका कारण अन्यत्र काम गर्न बाध्य हुने किसान, घरधन्दामा व्यस्त महिलाहरू र परम्परागत पेशाबाट अलग भएका दलितहरूलाई उद्यममा ल्याउने योजना उल्लेख छ।
यी सबैलाई न्यूनतम ज्याला वा आयको संरचनामा ल्याउनु पार्टीको प्राथमिकता रहेको छ।
कृषिमा संरक्षण र आत्मनिर्भरता
पार्टीले कृषिमा आश्रित हरेक परिवारले महिनामा ४०–४५ हजार रुपैयाँ आम्दानी पाउनुपर्ने बताएको छ।
घोषणापत्रमा भनिएको छ कि ५१ प्रतिशत किसानको संरक्षण राज्यको जिम्मेवारी हो र कृषि संरक्षणले पाँच वर्षभित्र आत्मनिर्भर कृषि उत्पादन र कृषिमा आधारित उद्योगको विकास सम्भव बनाउनेछ।
प्राथमिक क्षेत्रहरू र सुशासन
पार्टीले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राख्ने जनाएको छ। सङ्घीय प्रणालीको प्रभावकारीताका लागि आवश्यक संवैधानिक र कानुनी व्यवस्था गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।
राजनीतिक जिम्मेवारीको सीमा
पार्टीले एक व्यक्तिले प्रधानमन्त्री दुई पटक मात्र, अधिकतम चार पटक मन्त्री वा सांसद हुन पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: