काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प्रकाशित गर्दै बाँदरलाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको हो।
यस निर्णयसँगै किसानले आफ्नै खेत, खला वा बारीमा पसेर क्षति पुर्याउने बाँदरलाई एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन पाउने भएका छन्। पक्रिएको बाँदरलाई भने नजिकैको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालय वा सम्बन्धित मातहतको कार्यालयमा बुझाउनुपर्नेछ। साथै, त्यसको जानकारी सम्बन्धित वडा कार्यालयलाई पनि दिनुपर्ने व्यवस्था गरिएको छ।
धपाउने वा पक्रने क्रममा बाँदर मरेमा किसानले कानुनी कारबाही भोग्नुपर्ने छैन। तर, वडाको एक प्रतिनिधि र कम्तीमा पाँच स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्नुपर्नेछ। त्यसको विवरण तुरुन्तै वन कार्यालय र वडा कार्यालयमा बुझाउनुपर्नेछ।
सरकारले मारिएका बाँदरको विवरण प्रत्येक दुई महिनामा मन्त्रालय र विभागमा पठाउने व्यवस्था पनि गरेको छ। यद्यपि, राष्ट्रिय निकुञ्ज, आरक्ष तथा राष्ट्रिय वन क्षेत्रभित्र भने यो नियम लागू हुने छैन। संरक्षित क्षेत्रमा बाँदर धपाउन वा पक्रन पाइने छैन।
सरकारको यो निर्णयलाई किसानहरूले राहतको रूपमा हेरेका छन्। तर वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सन्दर्भमा यसको प्रभाव कस्तो पर्ला भन्ने बहस पनि सुरु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: