Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्रधानमन्त्रीमा कोइरालाको दाबी, देउवा र पौडेलले नमान्ने

\"shushil_sher_ramchandra\"काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन गरिएको भद्र सहमतिलाई कामचलाउ भएका प्रधानमन्त्री सुशील कोइरालाले ठाडै अस्वीकार गरिदिएका छन् । आफ्नै नेतृत्वमा सरकार गठन गर्दा २०७० साल माघ २६ गते र १६ बुँदे सहमति हुँदा गत जेठ २५ गते ओलीलाई प्रधामन्त्री बनाउन वचन दिए पनि ‘ओलीलाई त हुँदैहुन्न’ भन्दै आफैं प्रधानमन्त्रीमा अघि सर्ने भन्दै लबिङमा उत्रेका छन् ।   कांग्रेस, एमाले र एमाओवादीबीच भावी सत्ता समीकरणमा भएको भद्र सहमतिपछि सहमतिमा संविधान निर्माणमा दलबीच देखिएको एकतालाई उनै कोइरालाको चाहनाको कारण पुनः टुटाउने देखिएको छ । साथै, संविधान निर्माणपछि असन्तुष्ट दललाई सहमतिमा ल्याउने र संविधानको कार्यान्वयनलाई सहज बनाउदै जाने विषयलाई पनि कोइरालाको महत्वकांक्षाले थप पेचिलो बनाइदिएको हो ।   कोइरालाले प्रधानमन्त्रीबाट राजीनामा नदिईकन नयाँ सरकारको प्रक्रिया अघि बढाएको स्वार्थ फेरि पनि सोही पदमा पुग्ने रहेको भन्दै पार्टीभित्रै उनको आलोचना सुरु भएको छ । तर, पनि कोइरालाले असन्तुष्ट दललाई आफैं मिलाउछु भन्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न शनिबार औपचारिक आग्रह नै गरेका छन् ।   तर, कोइरालाको यो प्रयासलाई पार्टीका दुई नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि रुचाएका छैनन् । प्रधानमन्त्री भएलगत्तै फेरि पनि आफैं दाबी गर्ने शैली उचित नभएको यी दुवै नेताको भनाई रहेको उनीहरु निकट नेता बताउँछन् । कोइरालाले पुनः प्रधानमन्त्रीमा आँखा गाड्नु भनेको आगामी चैत ५ सम्म गरिसक्नुपर्ने १३ औं महाधिवेशनमा पार्टीमाथि कब्जा जमाउनु रहेको बुझिएको छ । सरकारको नेतृत्वमा नभए महाधिवेशनमा आफू कमजोर हुने बुझाई कोइरालाको छ ।   तर, देउवाले पनि घुमाउरो पाराले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । तरुण दलले गरेको चियापानमा शनिबार देउवाले यो उ नभनी जसको नाममा सहमति हुन्छ उही प्रधानमन्त्री बन्ने भन्दै आफूलाई पनि दौडमा उभ्याएका छन् । तर, औपचारिक रुपमा बोलिसकेका छैनन् । कोइरालाले कसरत गरेपछि उनलाई रोक्न देउवाले आफू पनि तयार रहेको जनाउ दिएका हुन् । सहमति प्रक्रिया सुरु भए लगत्तै बहुमतीयको खेल भएर कोइराला नै बन्ने अवस्था आए देउवाले असहयोग गर्ने नीति लिएको बुझिएको छ ।   उता, जहिल्यै अन्याय भएको भन्दै आफूले केही नपाएको गुनासो गर्दै आएका उपसभापति रामचन्द्र पौडेल पनि आफू दाबेदार भएको र बहुमतीय प्रधानमन्त्री बन्ने अवस्था आए आफ्नो पनि दाबी रहने निकटस्थहरुलाई बताउँदै आएका छन् । कांग्रेसकै यी तीन नेताको दाबीका अगाडि फेरि सत्ताको जोडघटाउनले राजनीति तात्ने भएको छ ।   एमाओवादीले ओलीको नाममा भद्र सहमति भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहेको छ । यस्तो बेलामा सहमति नभए बुहमतीय प्रक्रियामा एमाओवादीले जसलाई मत दिन्छ उही प्रधानमन्त्री हुनेछ ।   कांग्रेस वा एमाले एउटा प्रतिपक्षमा बस्ने अवस्था आएमा एमाओवादीको मत सबैभन्दा महत्वपूर्ण हुन जान्छ । कांग्रेस वा एमालेलाई एमाओवादीले साथ दिंदा थप केही सांसद जुटाउन सके दुवै दलले प्रधानमन्त्रीमा जित्न सक्छन् । अहिलेसम्म एमाओवादीको साथ एमाले अध्यक्ष ओलीलाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending