Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ११ जनाको उद्धार

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ।

दुर्घटनास्थलबाट ११ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। उनका अनुसार घाइतेहरू बेहोस अवस्थामा छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टका अनुसार घाइतेहरूलाई मन्थली र फुर्कोट अस्पतालमा उपचारका लागि लगिएको छ। बस नदीमा डुबेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उनले बताए।

प्रहरीका अनुसार प्रदेश ३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको हो। बसमा कति यात्रु सवार थिए भन्ने प्रारम्भिक रूपमा यकिन नभए पनि पछि प्राप्त विवरणअनुसार बसमा चालक, सहचालक, बस व्यवसायीसहित कुल १३ जना यात्रु सवार थिए।

अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट पाँच जना र चाबहिलबाट तीन जनाले टिकट काटेका थिए भने बाँकी यात्रु बाटोबाट चढेका थिए।

दुर्घटनापछि उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचनका कारण पूँजीगत खर्च वृद्धि रोकियो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाउन पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरेका छन्। मंगलबार अर्धवार्षिक बजेट समी...

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई नि...

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।   कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि...

पेस्तोल र सञ्चार सेटसहित मोरङबाट दुई जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा ...

म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरी कार्यक्षेत्रमा परिचालन

म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्व...

बाँकेमा ७५ थान बन्दुक प्रहरीलाई बुझाइयो

नेपालगन्ज। जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुसरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् ।  जिल्ला ...

रामेछापमा बस दुर्घटना अपडेट: चार जनाको मृत्यु

रामेछाप। रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उ...

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ११ जनाको उद्धार

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ। दुर्घटना...

कांग्रेसप्रतिको विश्वासलाई भोटमा बदल्नुस्: गगन थापा

सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रतिको जनविश्वासलाई भोटमा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्...

सभापति गगन थापा आज बर्दिवास आउँदै

महोत्तरी। महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै छन्। सभापति थापा महोत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE