नेपालगन्ज। जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुसरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्ला प्रहरी कार्यालय मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतका स्थानमा हालसम्म ७५ थान हातहतियार बन्दुक बुझाइएको बताए।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई ध्यान दिएर जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।
स्थानीयले प्रहरीलाई बुझाएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक पातलीले बताए।
जिल्लामा सर्वसाधारणसँग ५५५ वटा हातहतियार बन्दुक रहेपनि हालसम्म ७५ वटा मात्रै बुझाएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ५५५ जना ब्यक्तिले हतियार राख्न लाइसेन्स९इजाजत० लिएकाछन् । यसरी इजाजत लिने कतिपय ब्यक्तिसँग दुई वा तीन वटासम्म हतियार र लाइसेन्स रहेको छ ।
हातहतियार खरखजाना ऐन, २०१९ ले सुरक्षा चुनौतिका आधारमा इजाजत लिएर सर्वसाधारणले पनि हतियार राख्न पाउने व्यवस्था गरेको छ । सोही कानुन अनुरुप सर्वसाधारणले हतियार राखेका हुन्। हालसम्म निकै कमले हतियार बुझाएको हुँदा फेरी पनि हतियार बुझाउन आग्रह गरिने र त्यसपछि पनि नबुझाउनेको खोजी गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपाल भारत नाकासँग जोडिएको बाँकेमा निर्वाचन सुरक्षा चुनौती सधैं रहने भएकोले जिल्लाको सुरक्षा कडा पार्न नाका बन्ददेखि विशेष सुरक्षा गस्ती र विशेष चुनावी सुरक्षा योजना बनाएर अगाडी बढ्ने जिल्ला सुरक्षा समितिले जनाएको छ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचनलाई शान्तिपूर्ण रुपमा निष्पक्ष तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै उपायहरु अपनाइने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...



प्रतिकृया लेख्नुहोस्: