Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

सभापति गगन थापा आज बर्दिवास आउँदै

खबरडबली संवाददाता

महोत्तरी। महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै छन्।

सभापति थापा महोत्तरी क्षेत्र नं १ को स्थानीय प्रचार प्रसार कार्यालय बर्दिवासमा आयोजित कार्यक्रममा उपस्थित भएर मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा औरही नगरपालिकाका पूर्व नगर प्रमुख तथा सुनिल कुमार यादवले जानकारी दिए। उनले सभापति थापाले प्रदेश र केन्द्रका विकास योजना, पार्टीका नीतिहरू र आगामी निर्वाचनको महत्वबारे मतदातालाई अवगत गराउने बताए ।

अध्यक्ष थापाको बर्दिवास आगमनसँगै स्थानीय कांग्रेसका युवा र महिला कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले मतदातामा पार्टीको सन्देश पुर्याउने र क्षेत्रीय विकासका योजना समेटेर चुनावी रणनीति प्रस्तुत गर्ने योजना बनाएका छन् । विगतमा विभिन्न विकास र सामाजिक कार्यमा सक्रिय रहेको नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा पनि क्षेत्रीय जनसमर्थन जुटाउन अध्यक्ष थापाको सम्बोधन निर्णायक हुने विश्वास लिएको छ ।

स्थानीय जनप्रतिनिधि र पार्टी कार्यकर्ताले सभापति थापाको उपस्थितिलाई क्षेत्रीय विकास र राजनीतिक सक्रियताको अवसरका रूपमा लिएका छन् । निर्वाचन नजिकिँदै गएसँगै बर्दिवासमा राजनीतिक माहोल तातेको छ ।

कांग्रेस बर्दिवास नगर समितिका सचिव बिनोद ढुंगेलको अनुसार आजै साँझ ५ बजे प्रचार प्रसार कार्यालय बर्दिवास पुगेर सभापति थापाले सम्बोधन कार्यक्रम रहेको छ ।

महोत्तरी क्षेत्र नं १ बाट कांग्रेसबाट नेपालको ऊर्जा, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विभिन्न निर्णायक चरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा। मुकेशराज काफ्ले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा निर्वाचन मैदानमा छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending