Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

पेस्तोल र सञ्चार सेटसहित मोरङबाट दुई जना पक्राउ

खबरडबली संवाददाता

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं.२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं। ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रप्रनाउ) हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा लिम्बू सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान पेस्तोल, दुई थान बाओफेङ लेखिएको ह्यान्डसेट र भरुवा बन्दुक जस्तो देखिने एक थान काठको हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त हतियार र सञ्चार सेटमा प्रेमबहादुर गुरुङको समेत संलग्नता देखिएपछि प्रहरीले उनलाई पनि घरैबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर हातहतियार खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मकवानपुरमा बोलेरो दुर्घटना हुँदा दुईजना घाइते

मकवानपुर। पश्चिम मकवानपुरको दुर्गम क्षेत्रका ग्रामीण सडकमा भएको बोलेरो भ्यान दुर्घटनामा दुईजना घाइते भएका छन् ।  मंगलबार बिहान राक्सिराङ गाउँपालिका...

लमजुङमा निर्वाचनका लागि दुई हजार पाँचसय सुरक्षाकर्मी परिचालन हुने

लमजुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा निर्वाचन प्रहरीसहित दुई हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर...

दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ

दार्चुला। दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालयअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरी...

तामाकोशीमा बस दुर्घटना अपडेट: छ जनाको मृत्यु

काठमाडौं। काठमाडौँबाट ओखलढुंगाका लागि छुटेका बस माघ २७ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको छ ।  ...

सुरक्षा फौजलाई प्रधानमन्त्रीको निर्देशन : चुनावी सुरक्षामा कत्ति पनि नचुक्नु

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कत्ति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन्। महाशिवरात्रि तथा से...

एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिए

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार...

निर्वाचनका कारण पूँजीगत खर्च वृद्धि रोकियो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाउन पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरेका छन्। मंगलबार अर्धवार्षिक बजेट समी...

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई नि...

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ ।   कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि...

पेस्तोल र सञ्चार सेटसहित मोरङबाट दुई जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE