काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालकै सबैभन्दा नयाँ राजनीतिक दल भएको दाबी गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नाम, भाषा, व्याकरण र संगठनका हिसाबले नेकपा नयाँ पार्टी भएको बताए। पार्टी गत कात्तिक १९ गते गठन भएकाले संगठनात्मक रूपमा पनि नयाँ रहेको उनको भनाइ छ।
प्रचण्डले विचारका दृष्टिले पनि नेकपाभन्दा नयाँ पार्टी नभएको दाबी गर्दै सबै वर्ग र क्षेत्रका अधिकारको पहिचान गर्ने पार्टी नै नेकपा भएको उल्लेख गरे।
प्रचण्डले कतिपयले अहिले नयाँ र पुरानाबारे गलत भाष्य बनाइएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट नयाँ भन्नेहरूले तर उनीहरूको राजनीतिक विचार सिद्धान्त नभएर पुरानाको विरोध गर्नु मात्र नयाँ हो’, उनले भने, ‘राजनीतिक इतिहासमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो त्यो राष्ट्रहितमा छ कि छैन भन्ने मुख्य कुरा हो ।’
साथै, विभिन्न सर्भे र जनतासँगको सम्पर्कका आधारमा आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - १३:१६
विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा ...
माघ २८ गते, २०८२ - १३:०८
म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्व...
माघ २८ गते, २०८२ - १२:५७
नेपालगन्ज। जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुसरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् । जिल्ला ...
माघ २८ गते, २०८२ - १२:४६
रामेछाप। रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उ...
माघ २८ गते, २०८२ - १२:३९
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ। दुर्घटना...
माघ २८ गते, २०८२ - १२:३३
सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रतिको जनविश्वासलाई भोटमा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्...
माघ २८ गते, २०८२ - ११:३७
महोत्तरी। महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा मङ्गलबार बर्दिवास आउँदै छन्। सभापति थापा महोत...
माघ २८ गते, २०८२ - ११:२७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालकै सबैभन्दा नयाँ राजनीतिक दल भएको दाबी गरेका छन्। ...
माघ २८ गते, २०८२ - ११:१०
खोटाङ। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ। ...
माघ २८ गते, २०८२ - १०:५७
पर्सा। जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार ...



प्रतिकृया लेख्नुहोस्: