Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

बर्गद्धीका ११ शहीदको शिलालेख छ तर, न्यायको फाइल हरायो !

धानको खलोमा बगेको रगतको हिसाब कहिले ?

खबरडबली संवाददाता

दाङ । २०५८ मंसिर १३ को साँझ बर्गद्धीको खलो धानले होइन, रगतले भरिएको थियो। वर्षदिनको पसिना भित्र्याउन व्यस्त ११ किसानलाई ‘आतंककारी’को आरोप लगाएर सुरक्षाकर्मीले गोली हाने। लोगी, प्रसादु, शितलाल, जगमान, खुसीराम, रूपलाल, रामु, कृष्णप्रसाद, सोङ्ग्रा, आशाराम र रिसमान चौधरी त्यहीँ ढले। धान घर पुगेन, मान्छे पनि फर्केनन्।

२४ वर्ष बित्यो। व्यवस्था बदलियो, सरकार बदलियो, चुनावहरू आयो–गयो। तर ती ११ घरका भित्तामा टाँसिएको शोक र अन्याय उस्तै छ। प्रश्न उस्तै छ—किन मारिए? कसले मार्‍यो? किन कारबाही भएन?

रूपलाल चौधरीकी छोरी फूलपाती भन्छिन्, “बा शहीद हुँदा म नवजात थिएँ। बाको हत्या पछि हाम्रो जीवन अधियाँ र परनिर्भरता भयो। घर छोड्यौं, पढाइ छुट्यो, आमा छुट्टिनुभयो। शहीदको नाम आयो, तर हाम्रो भाग्यमा केही आएन।”

जोगी चौधरीकी नातिनी रमीको आक्रोश झन् चर्को छ, “हामीलाई न राज्यले न्याय दियो, न विद्रोही पक्षले। नेताले आश्वासन दिए, अदालतले सन्नाटा।”

माओवादी नेतृत्वको सरकारले ‘शहीद’ घोषणा गर्‍यो। शिलालेख बन्यो, पार्क बन्यो। तर आज त्यो पार्क जीर्ण छ ।  सम्मान होइन, बेवास्ताको स्मारक जस्तो। शिलालेखमा नाम छन्, न्यायमा काम छैन।

०६४ पछि सत्य निरूपण तथा मेलमिलाप आयोग बन्यो। फाइलहरू बढे, पीडा झन् बाक्लियो। हरेक चुनावमा नेताहरू यही बर्गद्धी सम्झिन्छन्। मञ्चबाट न्यायको बाचा गर्छन्। पीडित परिवारको आँखा फेरि भिज्छ  आशले होइन, पुरानो घाउले।

जगमान चौधरीकी श्रीमती पार्वती भन्छिन्, “सरकार फेरिए, नेता फेरिए। तर न नेता हाम्रा भए, न राज्य हाम्रो भयो।”  प्रसादु चौधरीका छोरा छल्लु सीधै सोध्छन्, “गाँस–बाँस त ज्यालाले चल्छ। न्याय राज्यले दिनुपर्छ। हाम्रो मान्छे मार्नेहरूमाथि कारबाही कहिले?”

फागुन २१ को चुनाव नजिकिँदैछ। नेताहरू फेरि घर–घर पुग्दैछन्। न्यायको उही पुरानो स्क्रिप्ट दोहोरिँदैछ। बर्गद्धीका परिवार फेरि उही सुन्न बाध्य छन्। तर उनीहरूको प्रश्न अब विन्ती होइन, आरोपजस्तो सुनिन्छ यो देशमा चुनाव पटक–पटक हुन्छ, न्याय किन हुँदैन?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समाचार लेखेकै कारण पत्रकार शिव ढुङ्गानालाई धम्की, विभिन्न निकायको ध्यानाकर्षण

ओखलढुंगा। समाचार लेखेकै कारण आफूलाई निरन्तर फोन र सामाजिक सञ्जालमार्फत धम्की आएको भन्दै पत्रकार शिव ढुङ्गानाले सार्वजनिक रूपमा ध्यानाकर्षण गराएका छन्।...

सिरहा कारागारभित्र भेटियो पेस्तोल, १३ कैदीबन्दी नियन्त्रणमा

काठमाडौँ  ।  सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला ...

नेकपालाई सत्ता सुम्पन आह्वान गर्दै प्रचण्डको रास्वपामाथि प्रहार: होहल्लाले नयाँ हुँदैन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक अन्योलका बीच देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रह...

बर्गद्धीका ११ शहीदको शिलालेख छ तर, न्यायको फाइल हरायो !

धानको खलोमा बगेको रगतको हिसाब कहिले ?

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर...

जेनजी विद्रोहपछि पनि राजनीति किन उस्तै ?

काठमाडौं ।  चुनाव नजिकिँदै जाँदा नेपाली राजनीति असामान्य गतिमा फेरबदल भइरहेका बेला राजनीतिकशास्त्री सुचेता प्याकुरेलले भोट माग्ने शैली र सरकार चलाउने ...

अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा

चितवन   । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आव...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राजधान...

बाल मृत्युदर गण्डकीमा अन्य प्रदेशभन्दा कम

गण्डकी । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्...

विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच विस्तार

काठमाडौं ।  नेपालमा विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच उल्लेख्य रूपमा विस्तार भएको राष्ट्रिय तथ्यांकको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले दे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE