काठमाडौं । नेपालमा विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच उल्लेख्य रूपमा विस्तार भएको राष्ट्रिय तथ्यांकको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले देखाएको छ ।
सर्वेक्षणअनुसार नेपालका ९६.७ प्रतिशत घरपरिवारमा निरन्तर विद्युत् पहुँच पुगेको छ । यो अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य सुधार हो । प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेश अग्रस्थानमा रहेको छ, जहाँ ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा उपलब्ध छ । तर, कर्णाली प्रदेश सबैभन्दा कम ८०.८ प्रतिशत घरपरिवारले निरन्तर विद्युत् पाएका छन् । साथै सहरी क्षेत्रमा ९८.२ प्रतिशत घरपरिवारमा विद्युत् पुगेको छ भने ग्रामीण क्षेत्रमा यो दर ९३.७ प्रतिशतमा सीमित छ । कर्णाली र सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा विद्युत् पहुँच कमजोर देखिनुले पूर्वाधार विकासमा क्षेत्रगत असन्तुलन अझै कायम रहेको संकेत गर्छ ।
त्यस्तै सर्वेक्षणले ९५.५ प्रतिशत घरपरिवारमा स्थिर वा मोबाइल टेलिफोन सुविधा पुगेको देखाएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ९७.१ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत रहेको छ । यसले मोबाइल नेटवर्क कभरेज विस्तार भए पनि दुर्गम क्षेत्रमा गुणस्तरीय पहुँच अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।
सूचना तथा सञ्चार प्रविधिको पहुँचमा पनि उल्लेख्य प्रगति देखिएको छ । ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट सुविधा भएको उपकरण प्रयोग भइरहेको छ । सहरी क्षेत्रमा ८६.५ प्रतिशत र ग्रामीण क्षेत्रमा ७३ प्रतिशत रहेको छ । जसमध्ये कर्णाली ग्रामीण क्षेत्रमा सबैभन्दा कम ५९.१ प्रतिशत रहेको छ । मोबाइल प्रयोगमा ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन र ८१.६ प्रतिशत महिलासँग आफ्नै मोबाइल फोन रहेको छ । यसले डिजिटल पहुँचमा पनि लैंगिक अन्तर कायम रहेको देखाउँछ । साथै स्मार्टफोन प्रयोग गर्ने पुरुष ८२.१ प्रतिशत र महिला ७२.८ प्रतिशत रहेका छन् । काठमाडौं उपत्यकाभित्रको ग्रामीण भेगबाहेक क्षेत्रमा ९२.४ प्रतिशत जनसंख्याले स्मार्टफोन प्रयोग गर्ने गरेको तथ्यांक छ । सर्वेक्षणले नेपालमा आधारभूत पूर्वाधार र डिजिटल पहुँचमा उल्लेख्य सुधार भएको देखाएको हो । यो नेपालको चौथो बहुसूचक सर्वेक्षण हो, जुन राष्ट्रिय तथ्यांक कार्यालयले युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरेको थियो । सर्वेक्षणका लागि देशभरबाट कुल ५४० क्लस्टर छनोट गरिएको थियो, जसमध्ये ३०४ सहरी र २३६ ग्रामीण क्षेत्रका थिए । हरेक क्लस्टरबाट २४ परिवार छनोट गरी कुल १२ हजार ९६० घरपरिवारसँग विस्तृत पारिवारिक विवरण संकलन गरिएको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २७ गते, २०८२ - २१:३०
काठमाडौँ । सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला ...
माघ २७ गते, २०८२ - २१:१७
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको राजनीतिक अन्योलका बीच देशको नेतृत्व नेकपाले सम्हाल्नुपर्ने आवश्यकता रह...
माघ २७ गते, २०८२ - २१:०९
धानको खलोमा बगेको रगतको हिसाब कहिले ?
माघ २७ गते, २०८२ - २१:०५
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर...
माघ २७ गते, २०८२ - २०:५४
काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेपाली राजनीति असामान्य गतिमा फेरबदल भइरहेका बेला राजनीतिकशास्त्री सुचेता प्याकुरेलले भोट माग्ने शैली र सरकार चलाउने ...
माघ २७ गते, २०८२ - २०:२६
चितवन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका कडा कदम आव...
माघ २७ गते, २०८२ - १९:२६
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित भएका छन्। राजधान...
माघ २७ गते, २०८२ - १९:२३
गण्डकी । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा बाल मृत्युदर कम रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्...
माघ २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपालमा विद्युत् र सूचना सञ्चार प्रविधिमा पहुँच उल्लेख्य रूपमा विस्तार भएको राष्ट्रिय तथ्यांकको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१-८२ ले दे...
माघ २६ गते, २०८२ - २१:४०
काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...



प्रतिकृया लेख्नुहोस्: