Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

महोत्तरीमा पहिलो चरणमा आठ पालिकामा एचपिभी खोप लगाउन सुरु

खबरडबली संवाददाता

महोत्तरी। महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जलेश्वर, मटिहानी, मनरासिश्वा, लोहारपट्टी नगरपालिका तथा पिपरा, सम्सी, महोत्तरी, एकडारा गाउँपालिका गरी आठ पालिकामा एचपिभी खोप दिन सुरु गरिएको जनाएको छ । 

स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साहले जिल्लामा रहेको १५ पालिकामा दुई चरणमा एचपिभी खोप दिइने जानकारी दिदै पहिलो चरणको खोप अभियान आइतबारदेखि सुरु भइसकेको बताए। उनले बाँकी रहेको नौ पालिकामा फागुन १ गतेदेखि फागुन ५ गतेसम्म दोश्रो चरणमा यो खोपको सुरुवात गरिने बताए। 

उनले कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरुलाई लक्षित गरि एचपिभी खोप आईतबारदेखि लगाउन सुरु गरिएको बताउनुहुँदै यो नियमित तथा छुट भएका दुवैको लागि भएको बताए ।

स्वास्थ्य कार्यालयका कोल्डचेन निरिक्षक रामगणेश ठाकुरले पाठेघरको मुखमा हुने क्यान्सरबाट वचावको लागि यो खोप उपयुक्त भएकोले नियमित रुपमा यो खोप लगाउन सुरु गरिएको बताए। उनले विगतमा छुट भएका किशोरीहरुलाई समेत खोप लिन आग्रह गरे। छात्राहरुलाई विद्यालयमै पुगेर र विद्यालय बाहिर रहेका किशोरीलाई समुदायस्तरको खोप केन्द्रमा भेला पारेर खोप लगाइने छ । 

अहिले जिल्लामा नियमित तर्फ ६ हजार ३४२ जना छात्रा तथा छुट भएका किशोरीहरुको लागि हजार भाइल खोप आएको जानकारी दिए।

गतवर्ष स्वास्थ्य कार्यालयले जिल्लामा ४५ हजार ४ सय ६४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने लक्ष्य लिएपनि ११ हजार ७३७ जनाले मात्रै खोप लगाएका थिए । कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिद्यालय नजाने १० बर्ष देखि १४ बर्ष सम्मको किशोरीहरुलाई एचपिभी खोप लगाइने गरिएको छ। 

जिल्लाको १५ वटै पालिकाको कक्षा ६ देखि कक्षा १० सम्ममा अध्ययनरत ९ हजार २९७ छात्रा तथा विद्यालय बाहिर रहेका १४ उमेरका २ हजार ४४० किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको कार्यालयको तथ्याँक रहेको छ । जिल्लामा सबभन्दा बढी भंगहा नगरपालिकामा तथा सबभन्दा कम पिपरा गाउँपालिकाका छात्रा तथा किशोरीहरुलाई यो खोप लगाइएको थियो । 

महिलाहरुमा हुने विभिन्न प्रकारका क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending