Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

२ हजार रोपनीभन्दा बढी त्रिविको जग्गा अतिक्रमित, फिर्ता प्रक्रिया अझै सुस्त

खबरडबली संवाददाता

काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छैन।

गत असोज २६ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले ठूलो मात्रामा त्रिविको जग्गा विभिन्न संस्थाले हडपेको देखाएको थियो। प्रतिवेदनअनुसार त्रिविको कीर्तिपुरस्थित झन्डै १ हजार ५ सय रोपनी जमिन विभिन्न संस्थाको मातहतमा पुगेको छ भने ८४३ रोपनी १० आना ६ पैसा १ दाम जग्गा सरकारी निकाय र संघसंस्थाले प्रयोग गर्दै आएका छन्।

प्रतिवेदनले उल्लेख गरेको छ कि त्रिविको स्वामित्वमा रहेको जग्गा पदाधिकारी र कर्मचारीको मिलेमतोमा विभिन्न संस्थाले प्रयोग गर्दै आएको छ।

त्रिवि उपकुलपति प्राडा दीपक अर्यालले भने, “सरकारले प्रयोग गरिरहेको जमिनलाई अतिक्रमण भन्न मिल्छ? केही जमिन सरकारी प्रयोजनका लागि प्रयोग भइरहेको छ।” तर उनले पनि स्वीकारे कि कर्मचारी संघ, प्राध्यापक संघ र अन्य संस्थाद्वारा मिचिएको जमिन फिर्ता ल्याउन प्रक्रिया अघि बढिरहेको छ।

विशेषतः कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयले प्रयोग गरिरहेको १०८ रोपनी जग्गा तुरुन्त फिर्ता ल्याउन समस्या भएको उपकुलपति अर्यालले बताए। “विद्यालय सञ्चालन भइरहेका कारण तत्काल निर्णय लिन कठिन छ। विद्यालय सकिएपछि मात्र सार्वजनिक निकायमा फर्काउने प्रक्रिया अघि बढ्नेछ,” उनले भने।

प्रतिवेदनले सुझाव दिएको छ कि अनधिकृत रूपमा कब्जा गरिएको जमिन तत्काल फिर्ता ल्याउने, जिम्मेवार अधिकारीमाथि छानबिन गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत कारबाही सुनिश्चित गर्नुपर्नेछ।

तर, अहिलेसम्म त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुस्त रहँदै आएको छ र नयाँ सरकार आएपछि मात्रै यसमा ठोस कदम चालिने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

२ हजार रोपनीभन्दा बढी त्रिविको जग्गा अतिक्रमित, फिर्ता प्रक्रिया अझै सुस्त

काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...

जुम्लामा मैले चुनाव हार्नुपर्ने कारण छैन: ज्ञानेन्द्र शाही

जुम्ला  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...

३० वर्षदेखी जग्गाधनी पुर्जा पर्खाइ, सिमलटारबासीको एउटै आवाजः जसले लालपुर्जा दिन्छ, उसैलाई भोट

हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...

घर निर्माण गर्दा संखुवासभामा लडेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...

किन पर्दैनन् दलहरूको प्राथमिकतामा महिला ?

३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य

धनुषामा स्याल आतंक: आधा दर्जनभन्दा बढी घाइते, एक महिला काठमाडौं रेफर

जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...

चुुनावी प्रचार–प्रसारको तडकभडकमा जाे एक्लै घरदैलोमा उत्रिए !

प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्...

मधेसमा रास्वपाको ‘क्रेज’, कसको मत कति कट्ला?

काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द...

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका...

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE