Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

मधेसमा रास्वपाको ‘क्रेज’, कसको मत कति कट्ला?

खबरडबली संवाददाता

काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द्रमा पुगेको छ। काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)लाई वरिष्ठ नेताका रूपमा भित्र्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेसँगै मधेसमा रास्वपाप्रति चासो र ‘क्रेज’ ह्वात्तै बढेको देखिन्छ।

‘मधेसको छोरा प्रधानमन्त्री बन्दैछन्’ भन्ने नाराले मधेसका मतदातामाझ भावनात्मक तरंग पैदा गरेको छ। महोत्तरीदेखि सिरहा, सप्तरीदेखि धनुषासम्म रास्वपा र बालेनको चर्चा बाक्लिएको छ। कमजोर संगठन भएको मधेसमा मधेसी मूलका बालेनलाई अघि सारेर मत तान्ने रणनीति रास्वपाले लिएको राजनीतिक जानकारहरूको विश्लेषण छ।

अब चासोको विषय बनेको छ—रास्वपाको यो लहरले मधेसमा कसको मत बढी काट्छ? यसबारे नागरिक अगुवा, विश्लेषक, पत्रकार र विभिन्न दलका नेताहरूका धारणा फरक–फरक देखिए पनि अधिकांशको संकेत एमालेतर्फ छ।

राजनीतिक विश्लेषक श्रीमन नारायणका अनुसार पछिल्ला वर्षमा एमालेको गतिविधि र मधेसबारे आएका केही अभिव्यक्तिले मधेसी मतदातामा असन्तुष्टि बढाएको छ। “बालेनको उम्मेदवारी र एमाले नेतृत्वसँगको प्रत्यक्ष राजनीतिक टकरावले रास्वपाले एमालेकै मत बढी तान्ने संकेत देखिन्छ,” उनी भन्छन्।

जनकपुरका नागरिक अगुवा सत्यनारायण साह लोकतान्त्रिक र वामपन्थी दुवै धारका असन्तुष्ट मत रास्वपातिर आकर्षित हुन सक्ने आकलन गर्छन्। मधेस केन्द्रित दलप्रति निराश मतदाता पनि विकल्प खोज्दै रास्वपातिर सर्न सक्ने उनको बुझाइ छ।

मधेस राजनीतिमा लामो समय काम गरेका भरतविमल यादव भने रास्वपाले कुनै एक दलभन्दा सबै दलको ‘थोरै–थोरै’ मत काट्न सक्ने बताउँछन्। “शीर्ष नेता बाहेकका उम्मेदवारको मत रास्वपाले तान्ने सम्भावना छ, त्यसमा मुख्य फ्याक्टर बालेन नै हुन्,” उनले भने।

पत्रकार पंकज दासका अनुसार ‘मधेसीको छोरा प्रधानमन्त्री’ भन्ने भाष्यले मधेस केन्द्रित दलका समर्थकमाझ समेत असर पारेको छ। कांग्रेसभित्रको असन्तुष्टि र एमालेप्रति असन्तोष दुवैको मत रास्वपामा जान सक्ने संकेत उनी देख्छन्।

मधेस प्रदेशका पूर्व नीति–योजना आयोग उपाध्यक्ष सोहन साह लोकप्रियतावादी लहरले सबैतिर प्रभाव पार्ने बताउँछन्। “सबभन्दा बढी असर एमालेमा र त्यसपछि मधेस केन्द्रित दलमा देखिन सक्छ,” उनी भन्छन्।

भूराजनीति जानकार प्रमोद जैसवालका अनुसार समानुपातिकतर्फ रास्वपाले एमालेको मत बढी काट्न सक्छ भने प्रत्यक्षतर्फ जनमत र जसपा नेपालको मत प्रभावित हुन सक्छ।

स्थानीय पत्रकारहरू पनि विभाजित आकलन गर्छन्। जनकपुर, सिरहा र सप्तरीका पत्रकारहरू जनमत पार्टी र जसपा नेपालको मतमा असर देख्छन् भने काठमाडौंका केही पत्रकार एमाले र कांग्रेसकै मत बढी प्रभावित हुने तर्क गर्छन्।

जसपा नेपालका नेता डा. सुरेन्द्र झा र राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठ दुवैले रास्वपाको लहरले एमालेकै मतमा ठूलो धक्का पुग्ने दाबी गर्छन्। यद्यपि, रास्वपा निकट केही नेताहरू भने जनमत पार्टीको मत बढी प्रभावित हुने बताउँछन्।

समग्रमा, मधेसमा रास्वपाको बढ्दो प्रभावले परम्परागत दलहरूलाई दबाबमा पारेको देखिन्छ। कसको कति मत काटिन्छ भन्ने वास्तविक तस्वीर भने निर्वाचन परिणामले मात्र देखाउनेछ। तर यति स्पष्ट छ—मधेसको चुनावी समीकरणमा रास्वपा अहिले ‘फ्याक्टर’ बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले बनाउँदैछ रसुवागढी सडक, तर बर्खामा हिलोले व्यापार र यात्रु दुवैलाई सास्ती

रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...

आजको तरकारी–फलफूलको भाउ सार्वजनिक: गोलभेँडा ४५, प्याज ५७, आलु ४८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...

पोखरा बसपार्कको छानबिनमा ठूलो खुलासा: २२० परिवारसँग अन्यत्रै घरजग्गा, २९९ मात्रै वास्तविक सुकुम्बासी

पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...

अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित: ६ राजमार्ग अवरुद्ध, बिपी र कान्ति लोकपथमा रातिको यात्रा बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...

‘प्रेमिकासँग विवाह गराइदेऊ, नत्र हामफाल्छु’ भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार

सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...

चितवनमा तीन सवारी साधन ठोक्किदा २६ जना घाइते

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...

जलविरेमा भीषण दुर्घटना: दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending