काठमाडौं । प्रतिनिधिसभाको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये ३१ क्षेत्रमा एक जना पनि महिला उम्मेदवार नउत्रिएको तथ्यांकले देखाएको छ। समग्रमा प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार मैदानमा हुँदा ३ हजार १७ पुरुष, ३८८ महिला र अन्य समूहका १ जना मात्रै छन्। अर्थात् महिला उम्मेदवारी जम्मा ११.३९ प्रतिशतमा सीमित छ।
यो अवस्था संयोग होइन, दलहरूको उम्मेदवार छनोट प्रक्रियामा महिलाप्रति देखिएको प्राथमिकताको परिणाम हो भन्ने विश्लेषण बलियो देखिन्छ।
कोशी प्रदेश : ९ क्षेत्रमा महिला शून्य
ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ–२, मोरङ–३, खोटाङ, उदयपुर–१ र उदयपुर–२ मा महिला उम्मेदवार छैनन्। यी अधिकांश क्षेत्रमा दलीय उम्मेदवार मात्रै छन्, तर कसैले पनि महिलालाई टिकट दिएनन्। कोशीमा ४३६ पुरुष उम्मेदवार हुँदा महिला केवल ५८ जना छन्।
मधेश : रौतहट–२ मा महिला शून्य
मधेश प्रदेशमा रौतहट–२ मा २६ उम्मेदवार सबै पुरुष छन्। प्रदेशभर भने ९१८ पुरुषको तुलनामा महिला १०९ जना मात्रै छन्।
बागमती : ३ क्षेत्रमा महिला छैनन्
काभ्रे–१, सिन्धुली–१ र नुवाकोट–२ मा महिला उम्मेदवार शून्य छन्। यी क्षेत्रहरूमा अधिकांश दलीय उम्मेदवार भए पनि महिलाले अवसर पाएनन्। बागमतीमा ६२३ पुरुष र १०८ महिला उम्मेदवार छन्।
गण्डकी : स्याङ्जा–१, स्याङ्जा–२ र म्याग्दीमा पुरुष मात्रै उम्मेदवार छन् । गण्डकी प्रदेशमा २०३ पुरुष र ३१ महिला उम्मेदवार छन्। तीन क्षेत्रमा महिलाको उपस्थिति शून्य छ।
लुम्बिनी : ४ क्षेत्रमा महिला शून्य
कपिलवस्तु–३, रोल्पा, दाङ–१ र बाँके–२ मा महिला उम्मेदवार छैनन्। प्रदेशभर ५२९ पुरुष र ५३ महिला उम्मेदवार छन्।
कर्णाली : ४ क्षेत्रमा महिला अनुपस्थित
मुगु, कालीकोट, जाजरकोट र सुर्खेत–१ मा महिला उम्मेदवार छैनन्। कर्णालीमा १२० पुरुष र ११ महिला उम्मेदवार छन्।
सुदूरपश्चिम : ७ क्षेत्रमा महिला शून्य
बाजुरा, अछाम–१, अछाम–२, बझाङ, दार्चुला, बैतडी र डडेलधुरामा पुरुष मात्रै उम्मेदवार छन्। प्रदेशमा १८८ पुरुष र १८ महिला उम्मेदवार छन्।
महिला उम्मेदवार : स्वतन्त्र बढी, दलका कम
३८८ महिला उम्मेदवारमध्ये १५७ स्वतन्त्र छन् भने २३१ मात्रै दलीय। यसले दलहरूले महिलालाई टिकट दिन अनुदार रहेको संकेत गर्छ।
ठूला दलहरूबाट महिला उम्मेदवारी अत्यन्त न्यून रहेकाे छ । जसमा नेपाली कांग्रेस ११, कपा एमाले — १०, नेकपा — १२, राष्ट्रिय स्वतन्त्र पार्टी — १६, राष्ट्रिय प्रजातन्त्र पार्टी — ८, जसपा — ८ रहेका छन ।
यता नेपाल मजदुर किसान पार्टी (५४) र मंगोल नेसनल अर्गनाइजेसन (१५) जस्ता दलबाट अपेक्षाकृत धेरै महिला उम्मेदवार देखिन्छन्।
नुनी रूपमा समानुपातिक प्रणालीमार्फत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिए पनि प्रत्यक्षतर्फ दलहरूको व्यवहारले महिला सहभागितालाई गम्भीर रूपमा सीमित गरेको देखिन्छ। ३१ क्षेत्रमा महिला उम्मेदवार नै नहुनु प्रतिनिधित्वको प्रश्न मात्रै होइन, राजनीतिक इच्छाशक्तिको पनि प्रश्न हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: