जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छन्। २०७९ को निर्वाचनमा माओवादीलाई पराजित गरेका शाही यसपटक पनि जुम्ली मतदाताबाट समर्थन पाउने दाबी गर्छन्।
चुनाव प्रचारका क्रममा गाउँ–गाउँ पुगेर मतदाता भेटिरहेका शाहीले रातोपाटीसँग छोटो कुराकानी गर्दै आफ्नो रणनीति र विश्वास व्यक्त गरे।
शाहीका अनुसार गाउँ–गाउँमा चुनावी अभियान राम्रोसँग अघि बढिरहेको छ। “तातोपानी र तिला गाउँपालिकामा पहिलो चरणको अभियान सकियो, अब अन्य ठाउँमा पनि अभियान चलिरहने छ,” उनले बताए।
जुम्ली जनताको प्रतिक्रिया कस्तो छ भन्ने प्रश्नमा शाहीले भने, “मप्रति कुनै नेगेटिभ छैन। जनताले माया देखाइराख्नुभएको छ। कांग्रेस, एमाले वा माओवादी–जोसुकै भए पनि अब हामी एक भोट हलोमा हाल्ने छौँ भन्ने जनताको भावना छ।”
संसद दोहोरिन नहुने जिल्ला भनेर जुम्लालाई चिनिने विषयमा शाहीले भने, “अब त्यो पुरानो धारणा बदलिन सक्छ। अघिल्लो निर्वाचनमा भोट नहाल्ने मान्छे पनि यसपटक भोट हाल्ने तयारीमा छन्। हार्नुपर्ने कुनै आधार छैन।”
शाहीका अनुसार जित्ने आधार जनताको माया र विश्वास नै हो। “हामीले जनताका मुद्दा उठाएका छौँ। राजा हाम्रो आस्था हो, केहीको मार्क्सवादी आस्था छ भने हाम्रो राजा आस्था हो। त्यसैले जनताको मुद्दा उठाउने काममै म पहिलो व्यक्ति हुँ।”
उनले सामाजिक सञ्जाल मार्फत जनतासँग प्रत्यक्ष संवाद कायम गरेका कारण, धेरै मतदाता उनका विचार र योजनाबाट परिचित भएको बताए।
मुख्य प्रतिस्पर्धीको विषयमा शाहीले भने, “जनता नै सबैभन्दा ठुलो कुरा हो। यस पटक भोट अलिक कम खस्छ किनभने विद्यार्थीहरू बाहिर छन् र हिमाली जिल्लामा प्रतिकूल वातावरण छ। तर त्यो समस्या ठूला कारण होइन।”
शाहीले आफ्नो अभियानमा जनताको समर्थन नै निर्णायक कारक हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा जीतको विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २६ गते, २०८२ - २१:४०
काठमाडौँ । आफ्नो नाममा रहेको करिब २ हजार रोपनीभन्दा बढी त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणमा परेको पुष्टि भए पनि अझै फिर्ता प्रक्रिया सुरु भएको छ...
माघ २६ गते, २०८२ - २१:३८
जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) पुनः जुम्लाबाट प्रत्यक्ष प्रतिनिधि सभामा उम्मेदवार बनेका छ...
माघ २६ गते, २०८२ - २१:२४
हेटौँडा । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सिमलटारमा भने दृश्य फरक छ। यहाँ मतदा...
माघ २६ गते, २०८२ - २१:०५
संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर...
माघ २६ गते, २०८२ - २१:०२
३१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य
माघ २६ गते, २०८२ - २०:४१
जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ अरेरवामा स्यालले आक्रमण गर्दा आधा दर्जनभन्दा बढी स्थानीय गम्भीर घाइते भएका छन्। दिउँसो करिब १ बजेदेखि ३ ...
माघ २६ गते, २०८२ - २०:३६
प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू तामझाम, जुलुस र नाराबाजीसहित मतदातामाझ पुगिरहेका छन्। सामाजिक सञ्जालमा पनि भीडको प्रदर्...
माघ २६ गते, २०८२ - २०:२५
काठमाडौँ । २०७९ को निर्वाचनमा मधेस प्रदेशमा उल्लेख्य उपस्थिति देखाउन नसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक भने त्यही भूगोलमा चर्चाको केन्द...
माघ २६ गते, २०८२ - २०:१५
चितवन । अण्डाको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य घटाइएको जनाएको छ। सङ्घका...
माघ २६ गते, २०८२ - २०:१२
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्य...



प्रतिकृया लेख्नुहोस्: